मनोरञ्जन

'बाहुबली २' को फर्स्टलुक सार्वजनिक (भिडियोसहित)

'बाहुबली २' को फर्स्टलुक सार्वजनिक (भिडियोसहित)
कात्तिक ७ । 'बाहुबली २' को फर्स्टलुक सार्वजनिक भएको छ । मुम्बई फिल्म फेस्टिवलमा यसको पोस्टर रिलिज गरिएको हो । फिल्मका नायक प्रभासको जन्मदिन भन्दा एक दिन अघि फिल्मको फर्स्ट लुक सार्वजनिक गरिएको हो । पोस्टर आकर्षक देखिएको र प्रभासको लुक्स आक्रामक देखिएको प्रतिक्रया प्राप्त भएका छन् । bahubali निर्देशक एस राजमौलीले फिल्मको सुटिङ डिसेम्बरसम्ममा पुरा गर्ने बताएका छन् । उनका अनुसार केही दृष्य र दुई गीतको सुटिङ बाँकी छ। फिल्म २८ अप्रिल, २०१७ मा रिलिज हुने जनाइएको छ । फिल्ममा राणा दग्गुबाती, सत्याराज, तमन्ना भाटिया र राम्या कृष्णनको मुख्य भूमिका रहेको छ ।

bahubali 2 first look sabajanik

विशेष