Technology

मोबाइल पानीमा खस्यो भने यी उपाय अपनाउनुहोस्

मोबाइल पानीमा खस्यो भने यी उपाय अपनाउनुहोस्
आजभोलि बजारमा धेरै थरीका सुविधा भएको मोबाइल पाइन्छन् । त्यसमध्ये पानी नै नपस्ने मोबाइलहरु पनि बजारमा भित्री सकेका छन् । यस्तो मोबाइलको मूल्य महंगो पनि पर्छ त्यसैले सबैले किन्न सक्दैनन् र सबैको पहुँच पनि हुँदैन । तर पानी पस्ने खालको स्मार्टफोन र मोबाइल केही गरी पानीमा खसिहाल्यो भने केही उपायहरु अपनाउन सकिन्छ । mobile १. पानीमा भिजेको फोनलाई स्वीच अन गर्ने प्रयास गर्नु हुँदैन् । यदि फोन पानीमा पसेपछि पनि अन नै छ भने त्यसलाई तुरुन्तै अफ गर्नुपर्छ । २. मोबाइलमा भएका पुर्जाहरु जुन निकाल्न मिल्छ, ती सबैलाई निकालेर राम्रोसँग सुकाउनु पर्छ । मोबाइल फोनलाई सुकाउनको लागि कुनै ड्रायर, हिटर जस्ता इलेक्ट्रोनिक उपकरणको प्रयोग भने गर्नु हुँदैन । ३. मोबाइल फोनबाट केही पानी झरिसकेपछि यसलाई केही समयको लागि चामलभित्र राख्नु उचित हुन्छ । चामलले मोबाइलमा रहेको पानीलाई सोस्ने काम गर्छ । तर फोनलाई धुलो वा पाउडरमा भने राख्नु हुँदैन । यसरी राख्दा मोबाईल भित्र धुलो पर्न जान्छ र यसले स्पिकरलाई बिगार्न सक्छ । ४. यदि स्पिकरमा केही अड्किएको छ भने यसलाई ब्रशले वा हावाले फुकेर सफा गर्ने कोशिस गर्नु पर्छ ।

Mobile mobile in water panima mobile parda jogaune upaye

विशेष