समाज

स्यालको टोकाइबाट शिक्षककाे मृत्यु, पठनपाठन ठप्प

स्यालको टोकाइबाट शिक्षककाे मृत्यु, पठनपाठन ठप्प
कात्तिक ७ । स्यालको टोकाइबाट घाइते भएका २८ जना मध्ये एक जनाको ज्यान गएको छ । गएको असोज १८ गते स्यालले टोक्दा रौतहटका २८ जना घाइते भएका थिए । घाइते मध्ये रौतहटका शिक्षक वसन्त यादवको उपचारका क्रममा शुक्रबार ज्यान गएको हो । syal गएको असोज १८ गते स्यालको टोकाइबाट घाइते भएका गरुडा नगरपालिकाका ३२ वर्षे यादवलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । आँखा र टाउकामा चोट लागेका शिक्षक यादवको ज्यान गएपछि आइतबार रौतहटका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । शिक्षक संघ रौतहटले शोक विज्ञप्ती निकाल्दै आइतबार रौतहटका सबै विद्यालय बन्द गरेको हो । स्यालको टोकाइबाट रौतहटमा २८ जना घाइते भएका थिए । जस मध्ये १७ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । सामान्य घाइतेहरुको भने स्थानीय अस्पतालमा उपचार गराइएको छ । स्यालकाे बिगिबगी बढेपछि स्थानीयमा त्रास पैदा भएकाे छ ।

Rautahat syal ko tokai

विशेष