नेपालका सिनियर स्क्वास खेलाडी सन्यास लिएपछि सम्मानित

कात्तिक–७ । नेपालमा पेय पदार्थ रेडबुलको बजारीकरण गर्दै आएको जिवी मार्केटिङ प्रा.लिले नेपालका सिनियर स्क्वास खेलाडी हिराबहादुर थापालाई सम्मान गरेको छ ।
जिवी मार्केटिङका डेपुटी म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालले थापालाई आइतबार आयोजित एक कार्यक्रममा नेपालको स्क्वास खेलको प्रवर्दनमा योगदान गरेबापत १ लाख नगदले सम्मान गरेको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
२०४६ सालदेखि स्क्वास खेलमा लागेका गोरखाका थापा लगातार १७ वर्ष राष्ट्रिय च्याम्पियन बनेर कीर्तिमान बनाएका छन् । नेपालका नम्बर एक स्क्वास खेलाडी हीराले शनिबार मात्र खेलबाट सन्यास लिएका थिए ।
Nepali Kheladi
squash kheladi
