मनोरञ्जन

प्रियंकासँग फिल्म खेल्न कुरिरहेको परिणीतिको खुलासा

प्रियंकासँग फिल्म खेल्न कुरिरहेको परिणीतिको खुलासा
कात्तिक ७ । बलिउड नायिका परिणीति चोपडाले हालै आफू प्रियंका चोपडासँग स्क्रिन सेयर गर्ने दिन कुरेर बसेको बताएकी छन् । parineetichopra2 प्रियंका नाताले उनकी कजन पर्छिन् । बलिउड प्रवेशका लागि प्रियंकाले उनलाई दिलोज्यान सहयोग पनि गरेकी थिइन् । ‘लेडिज भर्सेस रिक्की बहल’ मार्फत् नायिकाका रूपमा डेब्यु गरेकी परिणीतिको दुई वर्षअघि ‘किल दिल’ रिलिज भएको थियो । पछिल्ला फिल्म एकपछि अर्को गरी बक्सअफिसमा असफल हुन थालेपछि परिणीतिले केही समय फिल्मबाट विश्राम नै लिइन् । मोटो ज्यानलाई घटाएर यतिबेला स्लिम बडीमा आफूलाई ढालेकी नायिकाको आगामी वर्ष ‘मेरी प्यारी बिन्दु’ आउँदै छ । जसमा उनले एक गीत पनि गाएकी छन् । फिल्म छनोटलाई लिएर सचेत हुन थालेकी परिणीतिले यतिबेला प्रियंकासँग फिल्म खेल्न इच्छा जाहेर गरेकी छन् । ‘वाह, प्रियंकासँग त कहिले सँगै फिल्म खेल्न पाइएला भनेर म कुरेर बसिरहेकी छु,’ एक कार्यक्रममा परिणीतिलाई ‘क्वान्टिको’ गर्ल प्रियंकासँग स्क्रिन सेयर गर्न मन छ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘यदि मलाई उनीसँग काम गर्ने त्यस्तो ठूलो मौका मिल्यो भने त्यो मेरा लागि लामो समयदेखिको इच्छा पूरा भएको सम्झनेछु ।’ त्यसो त परिणीतिले कजन सिस्टरसँग फिल्ममा मात्रै नभई गायनमा पनि जुगलबन्दी हुन पाए सहर्ष राजी हुने बताईन् । यतिबेला हलिउडमा व्यस्त प्रियंका अभिनयसँगै गाउँछिन् पनि । आइतबार मात्रै २८ वर्षमा लागेकी परिणीति यतिबेला सुशान्त सिंह राजपूतसँग फिल्म ‘तकदुम’ को छायांकनमा व्यस्त छिन् ।

pariniti chpra Priyanka Chopara

विशेष