ताजा खबर समाज

गाईभैंसीलाई सुत्केरी भत्ता !

गाईभैंसीलाई सुत्केरी भत्ता !

cow कात्तिक ८ । सरकारले चालु आर्थिक वर्षदेखि गाईभैंसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम सञ्चालन कार्यविधि नबनेकाले ढिलाइ भएको छ । पहिलो त्रैमासिक बितिसक्दासमेत कार्यविधि प्राप्त नहुँदा सम्बन्धित निकायलाई गाईभैंसी सुत्केरी पुश आहारा भत्ता कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको हो ।

सरकारले पहिलो चरणअन्तर्गत चालु आवमा इलाम, प्यूठान, सुर्खेत, उदयपुर, ललितपुर, नुवाकोट, पर्वत, स्याङ्जा, डडेल्धुरा र बैतडी जिल्लामा पशुलाई सुत्केरी भत्ता दिने व्यवस्था गरेको छ ।

कृषक सहकारीमा आवद्ध हुनुपर्ने, पशु बिमा गरेको हुनुपर्ने, सम्बन्धित पशु सेवा केन्द्रबाट पशु ब्याउने वा ब्याएको हुनुपर्ने आधिकारिक निकायमा गरिव प्रमाणित गरिएकालाई प्राथमिकतामा राखेर भत्ता प्रदान गर्ने व्यवस्था छ ।

Cow

विशेष