आमाले समेत प्रियंकाको खबर मिडियाबाट पाउँछिन्
एजेन्सी — बलिउडकी चर्चित नायिका प्रियङ्का चोपडा पछिल्लो समय यति व्यस्त भएकी छिन् कि उनको घरपरिवारलाई पनि उनको खबर सञ्चारमाध्यमबाट थाहा हुन थालेको छ ।
प्रियङकाकी आमा मधु चोपडाले आफ्नी छोरीको जीवनमा के घटना घटिरहेको छ भन्ने जानकारी आफूले मिडियाबाट पाउने बताएकी छिन् । मधुलाई आफ्नी छोरीमा भएको प्रतिभा सानै हुँदा थाहा भएको बताइन् । छोरी जुन क्षेत्रमा लागे पनि अब्बल निस्कने विश्वास आफूमा पहिल्यैदेखि भएको उनले बताइन् । प्रियङका पढाइमा पनि उत्तिकै तेज थिइन् । उनको एरोनटिकल इन्जिनियर बन्ने सपना थियो तर भाग्यले अन्तै डोहोर्यायो ।
प्रियङकाले पढाई बीचमै छाडेर फिल्ममा काम गर्ने अठोट गर्दा धेरैले उनलाई पढाई पूरा गर्ने सल्लाह दिए । तर, पिता अशोक चोपडाले भने प्रियङकाको निर्णयमा सहमत गरेका थिए । त्यसपछि मधुले आफ्नो डाक्टरी पेसा बीचमै छाडेर प्रियङकासँग मुम्बई आएकी थिइन् ।
मधुले भनिन्, ‘अब प्रियङकाले आफू छुट्टै घर लिएर एक्लै बस्ने निर्णय लिइसकेकी छिन्, मलाई उसको खबर मिडियाबाट जानकार हुन थालेको छ ।’ छोरी ठूली भएर अब एक्लै बस्नुपर्ने र एक्लै बस्नाले जिन्दगीको र आफ्नो राम्रो ख्याल राख्न सिक्ने भएकाले मधुले प्रियाङकालाई एक्लै बस्न सुझाएकी हुन् ।