स्वास्थ्य

यस कारणले गन्हाउछ मुख

यस कारणले गन्हाउछ मुख

mukh

अनुहार चिटिक्क भएरमात्रै पुगदैन । साथीभाइका अगाडि मुख खोल्दा मुख गन्हाउछ भने त्यसले व्यक्तित्वमा नकारात्मक असर पार्न सक्छ । त्यस्तै धेरै मानिसहरुको मुख गन्हाउने समस्या हुन सक्छ । विहान बेलुकी दाँत माझ्ने गरेपनि मुख गनाउने समस्याले पिरोलेकाहरु धेरै भेटिन्छन् ।

मुख गन्हाउने समस्याले साथिभाइ मात्र नभएर लोग्ने स्वास्नीबिच पनि दूरी बढ्न सक्छ । मुख गन्हाउने समस्यामा खानपान बाहेक अन्य केही स्वास्थ्य समस्या पनि जिम्मेवार हुन्छन् । यसबाट सजिलै छुटकारा पनि पाउन सकिन्छ ।

सामान्यतः पाचन क्रिया सहि नभएपछि मुखबाट दुर्गन्ध आउँछ । हामीले खाने खानाको रस हाम्रो पेटभित्र कुहिन थालेपछि मुखबाट दुर्गन्ध आउँछ । यसका साथै कब्जियत, पेटमा घाउ, रक्सी सेवन, दाँत तथा गिजाो समस्या भएकाहरुमा मुख गन्हाउने समस्या हुन्छ ।

यसरी बच्न सकिन्छ यो समस्याबाट

मुखको दुर्गन्ध समस्याबाट बच्न पहिलो नम्बरमा दैनिक दुई पट ब्रस गर्नुपर्छ र जिब्रो सफा राख्नुपर्छ । दाँतो कारण पनि मुख गन्हाउने भएकाले नियमित परिक्षा गराउन हिच्किचाउनु हुन्न । ग्रीन टीमा एन्टिबेटोरियल तत्व हुने भएकाले यसले पनि मुख गन्हाउने हुन्छ । त्यसैगरि चुरोट सेवन गर्ने मानिसमा पनि मुख गन्हाउने समस्या हुने भएकाले यस्तो मानिसले बढि मात्रामा पानी पिउनुपर्छ । मिन्टवाला चुइङगम चपाउँदा पनि मुख गन्हाने समस्याबाट छुट पाइन्छ ।

केही घरेलु उपाय

घरेलु उपाय अपनाएर पनि मुख गनाउने समस्याबाट छुटकारा पाउन सकिन्छ । अनारको बोक्रा पानीमा उमालेर कुल्ला गर्नाले, सुख्खा धनिँया चपाउनाले, तोरीको तेलमा नुन मिसाएर दैनिक एकपटक दाँत र गिजा मालिस गर्दा पनि यो समस्याबाट छुटकारा पाइन्छ । प्रशस्त पानी पिएर, तरलसीको पात खाएर र ल्वाङ चुसेर पनि यो समस्यालाई हल गर्न सकिन्छ ।

Mukh Ganaune

विशेष