मनोरञ्जन

किन दिए व्यावसायीले करण जोहरलाई ३२० को चेक ?

किन दिए व्यावसायीले करण जोहरलाई ३२० को चेक ?
कात्तिक - ८ । एक भारतीय व्यवसायीले निर्देशक तथा निमार्ता करण जोहरलाई रु ३२० को चेक दिएका छन् । उरी हमलामा भारतीय सेना मारिएपछि भारत र पाकिस्तानबीच तनाव कायमै छ । यसैबीच रिलिज हुन लागेको करण जोहर निर्देशित फिल्म ‘ए दि है मुश्किल’ पनि ठूलै विवादमा मुछियो । karan-johor फिल्म चलाउन विरोध आएपछि निमार्ण पक्षले सैनिक कोषलाई रु ५ करोड दिएर तीन बुँधे सहमति गर्याे । त्यसपछि भनेे फिल्मले रिलिज हुने अनुमति पाएको छ । यसै क्रममा करण सीमा नाम गरेका एक भारतीय व्यवसायीले विभिन्न कारण खुलाई एक चिठीमार्फत करणलाई रु ३२० को चेक पठाएका छन् । उक्त पत्रमा व्यवसायी करणले निर्देशक जोहरको फिल्ममा पाकिस्तानी कलाकारलाई लिएर रकम तिर्नुपरेको घाटामा आफूलाई दुःख लागेको र देशको स्थिती दयनियँ भएको उल्लेख गरेका छन् । दुश्मन मुलुक पाकिस्तानका कलाकारले अभिनय गरेको भएर आफूलाई जोहरको उक्त फिल्म हेर्न कुनै पनि इच्छा नभएकोले ३२० को फिल्म टिकेट काट्नुको सट्टा करणलाई चेकमार्फत उक्त रकम हस्तान्तरण गरेको बताएका छन् । - एजेन्सी

Karan Johar

विशेष