खेल

बालोन डी’ओरको पहिलो पाँचमा को–को परे ?

बालोन डी’ओरको पहिलो पाँचमा को–को परे ?
कात्तिक–८ । फ्रान्सेली फुटबल म्यागजिनले (बालोन डी’ओर २०१६) का लागि मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक गर्न सुरू गरेको छ । विश्व फुटबलको प्रशासकिय निकाय फिफासँगको सहकार्य टुटेपछि (फिफा बालोन डि’ओर)को सट्टा विश्वको वर्ष उत्कृष्ट खेलाडीलाई (बालोन डि’ओर) अवार्ड दिने निर्णय गरेको हो । [caption id="attachment_34763" align="alignnone" width="558"]ballon फाइल तस्बिर[/caption] सोही अनुसार मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गर्न थालेकोे छ । यसै क्रममा फुटबल म्यागजिनले बालोन डी’ओरका लागि मनोनयनमा पर्ने ३० खेलाडी मध्ये पहिलो चरणमा पाँच जना खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । पहिलो पाँच जनामा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल छन् । यस्तै म्यानचेस्टर सिटीका सर्जियो अग्युरो, युभेन्टसका जियानलुइजी बुफोन र बोरुसिया डर्टमुण्डका पिएर एमरिक नाम मनोनयनमा परेको छ । फ्रेन्च फुटबलले मनोनयनमा परेका बाँकी २५ खेलाडीको नाम क्रमशः सार्वजनिक गर्ने म्यागेजिनले जनाएको छ । - एजेन्सी

balolln dor football

विशेष