खेल

३३ रनले गुम्योे बंगलादेशको ऐतिहासिक अवसर

३३ रनले गुम्योे बंगलादेशको ऐतिहासिक अवसर
कात्तिक–८ । बंगलादेशले टेस्ट क्रिकेटको आफ्नो ऐतिहासिक अवसर गुमाएको छ । इंग्ल्याण्डमाथि पहिलो जितको संघारमा रहेको बंगलादेशले घरेलु भूमिमा इतिहास रच्ने अपेक्षा धरैले गरेका थिए । बंगलादेशले मात्र ३३ रन बनाउन असफल हुँदा यो ऐतिहासिक अवसर गुमायो । समग्रमा २ सय ८५ रनको लक्ष्य पछ्याएको बंगलादेशले चौथो दिनको खेल सकिँदासम्म बंगलादेशलाई जितका लागि मात्र ३३ रन चाहिएको थियो । bangaladesh-cricket २ विकेट बाँकी भएको अवस्थामा क्रिजमा अर्ध शतक पूरा गरिसकेका सब्बिर रहमान थिए । उनले ५९ रन बनाएका थिए । उनलाई क्रिजको अर्कोपट्टि टिकिदिने साथी मात्र भएपनि बंगलादेशले इतिहास रच्ने सम्भावना बढी थियो । पाँचौ दिनको सुरुवाति ओभरहरुमा बंगलादेशले जितको सुरसार गरेजस्तो देखियो । तर ८२ औँ ओभरमा जितको नजिक पुगिसकेको बंगलादेशलाई इंग्ल्याण्डका कप्तान घातक बने । उनले पहिलो पारीमा ४ विकेट चट्काएपनि स्टोकले दास्रो पारीमा विकेट लिन सकेका थिएनन् । त्यसैले यी विकेटका प्यासीले खेल बंगलादेशको हातमा परिसक्दा खेल पल्टाए । उनले आफ्नो पहिलो बलमै तैजुल स्लामलाई एलबिडब्लुमा पेबिलियन फर्काए । त्यसपछि ब्याटिङ्गमा आएका सफिउल स्लामलाई पनि उनले आफ्नो तेस्रो बलमा मैदानबाट फर्काइदिए । घरेलु भूमिमा इतिहास रच्ने भनेर विश्वासका साथ गएका दर्शक तथा टिभीमा हेरिरहेकाहरु पनि स्तब्ध भए । चिटगाउँको क्रिकेट मैदानमा एक्कासी सन्नाटा छायो । त्यसबेला सम्म ६४ रन बनाएका क्रिजको अर्कोपटि रहेका सब्बिर चुपचाप हेरिरहन बाध्य भए । बंगलादेशका क्याप्टेन मुश्फिकर रहिमले खेल जित्न नसकेपनि समग्रमा टिमको प्रदर्शन सन्तोषजनक रहेको प्रतिक्रिया दिए ।

Bangladesh test mach test mach

विशेष