स्वास्थ्य

निचोरेको कागती पनि फाइदाजनक

निचोरेको कागती पनि फाइदाजनक
कागतीलाई तपाईँ के को लागि प्रयोग गर्ने गर्नुहुन्छ ? खान होस् या अनुहारमा लगाउन साथै उपचार गर्न पनि यो फलको अत्याधिक प्रयोग हुने गरेको छ । चिया बनाऔँ वा अचार कागतीको निकै स्वादिलो हुन्छ । अनुहार चमकाउन र चाँया पर्ने समस्या हटाउने समेत कागतीको प्रयोग हुने गरेको छ । lemon-whole-split यतिमात्र होइन, निचोरेको कागतीका पनि धेरै फाइदा छन् । तर हामी थाहा नभएर त्यसको प्रयोग भने गर्दैनौं । यी हुन निचोरेको फालेका कागतीका चार अनौठा फाइदा ः भाडा डढेको दाग मेटाउन कहिलेकाँही खाना पकाउदा भाँडा डढ्न सक्छ । खाना डढेर कुकर वा कुनै भाँडाको भित्र र बाहिर कालो हुन सक्छ । यस्तो अवस्थामा मन तातो पानीमा निचोरेको कागतीलाई केही बेर डुबाउने र त्यसले रगेटेर माझ्नाले डढेको दाग हट्छ । हातको चिल्लो हटाउन तपाईले याद गर्नु भएको होला प्राय रेस्टुरेन्टमा सानो कचौरा वा गिलासमा मन तातो पानीमा कागती डुबाएर राख्ने गरिन्छ । किन राखिन्छ कागतीलाई यसरी ? रेस्टुरेन्टमा निकै चिल्लो तथा मसलादार खाना खाँदा हातमा लागेको चिल्लो हटाउन कागती पानीले मद्धत गर्ने भएकोले यस्तो व्यवस्था गरिएको हो । निचोरेको कागतीलाई हातमा दल्नाले चिल्लोपन हट्छ । साथै कागतीमा हुने एसिडयुक्त तत्वले नङको फोहर फाली चमक गराउँछ । कपडामा चमकपन ल्याउन सेतो लुगामा कालो वा अन्य टाटो लागेर हैरान हुनु भएको छ ? आत्तिनु पर्दैन, फालिएको कागतीलाई पानीमा निचोरेर लुगालाई १५ मिनेट छोडिदिनुहोस् । १५ मिनेटपछि ती लुगालाई साबुन पानीले साबिक झै धुनुहोस् । तपाईको लुगाको चमक पूर्ववत अवस्थामा फर्किन्छ । कागती पानीले लुगाको जुनसुकै फोहर सफा बनाइदिन्छ । घरलाई बासनादार बनाउन कागतीको बासना आफैमा मगमग आउने भएकोले यसले वातावरणलाई सुगन्धित बनाउछ भने अनावश्यक झिंगा पनि फैलिदैनन् । सम्भव भए घरको वरिपरि कागती लगाउनुहोस् । घरका कुना काप्चा ढुडी लागेर वा हावा नछिरेर नराम्रो गन्ध त आएको छैन ? यस्तो बेलामा तपाईले कोठाका कुना कुनामा अत्तर छर्ने चिन्ता लिनु पर्दैन । फालिएका एकदुई ओटा कागती भए पुग्छ । निचरेको कागती वा वोक्रालाई कुनै सेतो र सफा कपडामा राखेर कुनामा फालिदिनुहोस । दुई तीन घन्टासम्म कागतीको बासनले कोठा नै सुगन्धित हुन्छ । फेरी तीन घन्टा पछि पुन कागतीको बोक्रा कपडामा घोटेर छोडिदिनुहोस , यसले कोठालाई बासनायुक्त बनाइदिन्छ । कागतलीलाई तपाईले किचेनको विभिन्न स्थानमा पनि घोटेर बासनायुक्त बनाउन सक्नुहुन्छ । कागतीले फ्रिजको गन्ध पनि हटाँउछ । –एजेन्सी

Lemon's use

विशेष