समाज

२४ वर्षदेखि ढुङ्गा कुटेर जीविका चलाउँदै

२४ वर्षदेखि ढुङ्गा कुटेर जीविका चलाउँदै
कात्तिक - ८ ।  रोल्पाका आइतराम सुनारले २४ वर्षदेखि ढुङ्गा कुटेर जीविका चलाउँदै आएका छन् । उमेरले ५७ वर्ष पार गरिसकेका सुनार प्रायः घरदेखि करिब दुई घन्टा टाढा खुमेलगाढ खोलाको किनारमा घर छाउने ढुङ्गा कुट्दै गरेको भेटिन्छन् । यसरी ढुङ्गा कुटेर उनले आठजना परिवारको जीविका चलाउँदै आएका छन् । औषधि उपचार गर्ने पैसा नहुँदा सानैमा दुई छोरी गुमाएका सुनारका दुई छोरा गरिबीका कारण पढाइ छोडेर भारतमा जागिरका लागि भौँतारिइरहेका छन् भने कक्षा ७ मा अनुत्तीर्ण भएका उनका १५ वर्षीय एक छोरा उनीसँगै काम गर्छन । [caption id="attachment_34809" align="alignnone" width="1000"];'gf/ hLjge/ 9'+uf s'6]/ hLljsf]kfh{g  lnafª -/f]Nkf_ uh'n # sf %& jifL{o cfOt/fd ;'gf/ v'd]nuf9 vf]nfsf] lsgf/df 9+'uf s'6]/ hLljsf]kfh{g ub}{ . tl:a/M sljtf pkfWofo,/f]Nkf रासस[/caption] १३ वर्षको कलिलो उमेरमा टुहुरो बनेका सुनार बुबाको मृत्युपछि भारतमा पैसा कमाउन भनेर १० वर्षसम्म भौँतारिए । पढाइ–लेखाइ नभएका कारण उनले भारतमा राम्रो जागिर पाउन सकेनन् । ढुङ्गा नै कुट्नुपर्छ भने किन परदेशमा बस्ने भन्ने सोची स्वदेश फर्किएर उनले यो पेसा रोजेकोे बताए । ढुङ्गा कुटेर कमाएको सानो रकम पनि ठेकेदारले ठगेको स्मरण गर्र्दै उनी सानो जग्गा किन्दा लागेको ऋण तिर्न नसकेका कारण छोराहरुलाई बीचमै पढाइ छाड्न लगाएकामा सबैभन्दा ठूलो पछुतो गर्छन । चाडपर्वका बेला वा अत्यावश्यक काम पर्दाबाहेक वर्षैभरि खोलामै बिताउने गरेका सुनारले हातखुट्टामा घाउचोटका दाग देखाउँदै भने, ‘यो काम असाध्यै जोखिमपूर्ण छ तर के गर्नु बाध्यता छ ।’ वर्षापछिको समयमा अलि धेरै ढुङ्गा भेटिने भए पनि त्यत्तिकै बढी कष्टपूर्ण हुने उनको अनुभव छ । पछिल्लो समयमा मानिसको यसतर्फ आकर्षण बढ्दै जानुले पनि खोला किनारमा ढुङ्गाको अभाव बढ्दै गएको उनको भनाइ छ । आयआर्जनको अन्य बाटो नभएको हुँदा कष्ट मोलेर भए पनि उनी बाचुन्जेल यही कामलाई निरन्तरता दिने सोचमा छन् । अभावमा छट्पटिएर बाल्यकाल गुरेका सुनारले सबैभन्दा ठूलो कुरा पढाइ–लेखाइ नै हो भन्ने ठानी हाल घरमै छोराछोरीसँगै पढेर आफ्नो नामसम्म लेख्न सक्ने भएको बताए । कहिले घाम कहिले पानीमै रुझेर काम गर्नुपर्दा समय समयमा बिरामी भइरहने हुँदा उनलाई अबको बाँकी भविष्यको समेत चिन्ता लाग्ने गरेको छ । जोखिम मोलेर यस पेसामा कटिबद्ध भएका सुनारको सरकारले वास्तविक दुःखी र गरिबलाई पहिचान नगर्ने तर चलाख मान्छेलाई मात्र हेर्ने गरेको आरोप छ । ढुङ्गा कुट्ने पेसालाई व्यावसायिक रुपमा अँगाल्नेको सङ्ख्या कम भए पनि वर्षापछिको समयमा खुमेलगाड खोलाको बगरैभरि ढुङ्गा निकाल्ने मान्छेको भीड देख्न सकिन्छ । पुर्खौंदेखि घर छाउन प्रयोग गरिँदै आएको यस प्रकारको ढुङ्गा जहाँतहीँ पाइँदैन । समयसँगै बजारमा घर छाउन सस्तो तथा सरल विभिन्न सामग्री उपलब्ध भए पनि यसको माग र भाउ दिनानुदिन बढ्दै गइरहेको छ । यस किसिमको पेसाको निम्ति अत्यधिक बल र बुद्धि आवश्यक हुने भएकाले बिरामी तथा वृद्ध अवस्थाका मानिसलाई यो काम गर्न कठिन हुने गर्दछ । त्यसैले त्यस्ता व्यक्तिलाई सरोकारवाला निकायले ध्यान दिएर अन्य कुनै उमेर सुहाउँदो सरल र सहज व्यवसायको व्यवस्था गरिदिन आवश्यक देखिन्छ । परिश्रमको लेखाजोखा गर्दा कुनै काम सरल नहुने भए पनि युवा अवस्थाभन्दा बुढेसकालमा यस किसिमको पेसा अँगाल्नुपर्ने बाध्यता साँच्चै पीडादायी हुने उनको अनुभव छ ।

aitram sunuwar giti kuter jibikoparjan

विशेष