एन्फाको नयाँ अध्यक्षमा श्रेष्ठ बिजयी

कात्तिक – ८ । अखिल नेपाल फुटबल संघ एन्फाको नयां अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ बिजयी भएका छन् ।
१५ औं साधारण सभाबाट श्रेष्ठले प्रतिद्वन्दी कर्मा छिरीङ शेर्पालाई ५ मतले पछि पार्दै श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन् । श्रेष्ठले ३६ मत प्राप्त गरे भने शेर्पाले ३१ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा मणी कुंवर उपाध्यक्ष निर्वाचित भए ।
उनले ३४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी दिपक खातीले २५ तथा उपेन्द्रमान सिंहले ८ मत प्राप्त गरे । एन्फाको इतिहासमा पहिलोपटक अध्यक्षका लागि भएको निर्वाचनमा विजयी भएसँगै एक वर्षसम्म कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नरेन्द्र श्रेष्ठले सबै फुटबलकर्मीहरुलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Anfa
Narendra lal Shresth
