देश

चार मिटर लामो दुर्लभ अजिङ्गर फेला पर्याे

चार मिटर लामो दुर्लभ अजिङ्गर फेला पर्याे
कात्तिक ८ । पाल्पा जिल्लाको पूर्वी भेगस्थित जल्पा गाविसमा चार मिटर लामो दुर्लभ अजिङ्गर (एसिएटिक रक पाइथन) फेला परेको छ । पहाडी जिल्लामा बिरलै फेला पर्ने अजिङ्गर पाल्पाको जल्पा–७ स्थित पल्लोभञ्ज्याङ् भन्ने स्थानमा झाडीमा अजिङ्गर फेला हो । anocanda मेधश तथा तराई क्षेत्रमा झाडी, काठको ढङ्ग्रो, ठूलो जङ्गल तथा दलदले पानीमा अजिङ्गर पाइने भएपनि पाल्पाको भित्री पहाडमा समेत अजिङ्गर पहिलो पटक फेला परेको हो । जिल्ला सेक्टर वन कार्यालयका सहायक वन अधिकृत अतिउल्लाह खाँले जलवायु परिवर्तनको कारणले पाल्पामा पनि अजिङ्गर देखिएको हुन सक्ने बताए । जिल्ला वन कार्यालय पाल्पाका प्रमूख वन अधिकृत दधिलाल कँडेलले मानिसको हेर्ने भीडले सर्प कतै जान नसक्ने अवस्थाले दुर्घटना निम्तन सक्ने भन्दै रेस्क्युका लागि तयारी भएको जानकारी दिए । उनले वनको कर्मचारीले समेत सर्प भएको स्थानमा निगरानी गरिरहेको बताउँदै एक÷दुई दिनको समय पर्खिएर अजिङ्जरलाई यससम्बन्धी ज्ञानभएको टोलीले अन्तै सार्ने काम गर्ने अनुरोध गरेकाे गाेरखापत्रले उल्लेख गरेकाे छ । पहिलो पटक अजिङ्गर देखा परेपछि यहाँका स्थानीय अचम्मित र त्रसित भएको र यसलाई सुरक्षित स्थानमा सार्न स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।

Anocanda Palpa

विशेष