स्वास्थ्य

उपत्यकामा रगतको अभाव, रक्तदान गर्न केन्द्रकाे अाग्रह

उपत्यकामा रगतको अभाव, रक्तदान गर्न केन्द्रकाे अाग्रह
कात्तिक - ८ । काठमाडौँ उपत्यकामा ताजा रगतको अभाव भएकाले बिरामी र उनीहरूका आफन्त समस्यामा परेका छन् । दसैँदेखि उपत्यकामा रगत संकलन कार्यक्रम नभएका रगतको अभाव भएको हो । दसैँदेखि उपत्यकामा रगत सङ्कलन कार्यक्रम नभएकाले अभाव भएको रक्त सञ्चार केन्द्रले जनाएको छ । सोमबारदेखि अझै अभाव हुने सम्भावना वढेकाे  रक्त सञ्चार केन्द्रका उपनिर्देशक प्रकाश यादव बताउँछन् । शनिबार ५० युनिटका लागि रक्तदान कार्यक्रम आयोजना गरे पनि १०–१२ युनिट मात्र सङ्कलन हुन सकेको छ । हाल उपत्यकामा दैनिक साढे ३५० युनिट रगतको माग रहदै आएरहेको छ । आवश्यकता अनुरुप रगत संकलन हुन नसकेको केन्द्रको भनाइ छ । उपनिर्देशक यादवका अनुसार दसैँको फूलपातीसम्म एक हजार २०० युनिटभन्दा बढी रगत सङ्कलन हुने गरेकोमा अहिले १०÷१२ युनिट पनि सङ्कलन भएको छैन । रगतको अभाव हुन थालेकाले रक्तदाता स्वयंसेवक र आयोजकलाई रक्तदान गर्न केन्द्रले आग्रह गरेको छ । स्वयंसेवक रक्तदाता र रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्थाले भने यस्ता कार्यक्रम गर्ने संस्था वा व्यक्तिलाई प्रोत्साहन गर्नुका साटो बेवास्ता गर्ने गरेकाले यो समयमा बर्सेनि रगत अभाव हुने गरेको जनाएका छन् ।

Blood Donation

विशेष