कर्णालीका सबै जिल्ला सडक यातायतले जोडिने

कात्तिक - ८ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले कर्णालीका सबै जिल्लालाई सडक यातायातले जोड्ने कार्य प्राथमिकता रहेको बताएका छन्।
मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिसँगको छलफलमा मन्त्री लेखकले त्यहाँको उत्तर तथा दक्षिण क्षेत्रलाई जोड्ने गरी सडक सञ्जाल विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे।
समाजका सभापति गङ्गाधर अधिकारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कर्णालीमा खाद्यान्न लगायत उपभोग्य सामग्री ढुवानीमा अनुदान दिन माग गरेको थियो।
समाजले राष्ट्रिय राजमार्गलाई शान्ति क्षेत्र घोषणा गर्ने, राष्ट्रिय राजमार्गको किनारामा बस्ती बसाउने लगायत निर्माण रोक्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुनेगरी बस्ती तथा आवास नीति जारी गर्नुपर्ने लगायत दशबुँदे माग प्रस्तुत गरेको थियो।
Karnali
Ramesh Lekhak