खेल

फुटबल खेलाडीको ज्यान लिने प्रहार

फुटबल खेलाडीको ज्यान लिने प्रहार
कात्तिक–८ । फुटबलमा खेलाडीहरुले बारम्बार फुटबलमा एउटा प्रहार गर्ने गरेका छन् जसले गर्दा ब्रेन ड्यामेज भएर खेलाडीको मृत्यु समेत हुन सक्छ । football थुप्रै खेलाडीले यो प्रहार प्रयोग गर्ने क्रममा ज्यान गुमाएका छन् । एक अनुसन्धानका अनुसार यो प्रहारका कारण खेलाडीको स्मरण शक्ति गुम्ने गरेको पाइएको छ । उनीहरुको मृत्युको सबैभन्दा ठूलो कारण पनि यहिसँग जोडिएको छ । स्कटल्याण्डको युनिभर्सिटी अफ स्टर्लिङले १९ खेलाडीमाथि गरेको परीक्षणका क्रममा उनीहरु प्रत्येकलाई २० पटक बललाई हेड गर्न भनिएको थियो । त्यसपछि अनुसन्धानकर्ताले खेलाडीको परमफर्मेन्स ४१ देखि ६७ प्रतिशतसम्म घटेको पाए । उनीहरुको स्मरण शक्ति पनि प्रभाव परेको बताइएको छ । हेड गरिसकेपछि उनीहरुलाई सामान्य अवस्थामा आउन २४ घण्टा लागेको अनुसन्धानकर्ताले बताएका छन् । जब दुई खेलाडी एक साथ हेड गर्न प्रयास गर्छन् तब आपसमा ठोक्किँदा दिमागमा असर पर्ने र खेलाडीको मृत्यु हुने गरेको बताइएको छ । –एजेन्सी

football

विशेष