समाज

दक्षिण एसियाकै पहिलो नम्बरमा नेपाल

दक्षिण एसियाकै पहिलो नम्बरमा नेपाल
कात्तिक–८ । नेपाल दक्षिण एशियामै सबैभन्दा राम्रो कानुनी राज्य भएको देश बन्न सफल भएको छ । वर्ल्ड जस्टिस प्रोजेक्टले सार्वजनिक गरेको रुल अफ ल इन्डेक्स २०१६ मा नेपाल दक्षिण एशियाका अन्य राष्ट्रलाई पछि पार्दै पहिलो नम्बरमा आउन सफल भएको हो । wjp विश्वका ११३ देशको सूचीमा नेपाल ६३ औं स्थानमा परेकोे छ । विश्वमा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश डेनमार्क बनेको छ । दोश्रोमा नर्बे, तेश्रोमा फिनल्याण्ड, चौथोँमा स्वीडेन र पाचौँमा नेदरल्याण्ड पर्न सफल भएका छन् । दक्षिण एसियाबाट भारत ६६ औँ स्थानमा भने श्रीलंका ६८,चीन ८०, बंगलादेश १०३, पाकिस्तान १०६, अफगानिस्तान १११ औँ स्थानमा रहेका छन् । छिमेकी मुलुक भारत र चीनलाई पछि पार्दै नेपाल दक्षिण एसियाको पहिलो नम्बरमा आउन सफल भएको हो ।

विशेष