मनोरञ्जन

बलिउड बादशाह शाहरुख र गौरी विवाहको २५औ वार्षिकोत्सव मनाउदैँ

बलिउड बादशाह शाहरुख र गौरी विवाहको २५औ वार्षिकोत्सव मनाउदैँ

sarukh

एजेन्सी — बलिउडमा सुपरस्टार शाहरुख खान र गौरी आादर्श जोडि मानिन्छन् । लामो समयसम्मको प्रेम सम्बन्धपछि यी दुई विवाह बनधनमा बाँधिएका हुन् । शाहरुखका आमाबाबुले गौरीसँगको विवाह स्वीकार गरेका थिएनन् । तर, साँचो मायालाई केही बााधाले नछेक्ने रहेछ । अनन्त उनीहरु सन् १९९१ अक्टोवर २५ का दिन विवाह बन्धनमा गाँसिए ।

यहि शक्तिशाली जोडिले आज विवाहको २५ औँ वार्षिकोत्सव मनाउँदै छन् । युरोपमा ‘द रिङ’ को सुटिङमा व्यस्त रहेका शाहरुख वार्षिकोत्सवका लागि फर्कदैँ छन् । केही दिनमा दिवाली पनि सुरु हुँदै छ । हरेका वर्षको दिवालीमा यी दुईले पार्टी आयोजना गर्ने हुनाले यो वर्ष दोब्बर सेलिब्रेसन हुन सक्ने भारतीय मिडियाले जनाएको छ ।

Gauri Khan Sarukh Khan

विशेष