मनोरञ्जन

दिपिका र प्रियङ्कामध्ये कसले पाउलान् चाइनिज कलाकार डेङ चाओसँग फिल्म खेल्ने चान्स

दिपिका र प्रियङ्कामध्ये कसले पाउलान् चाइनिज कलाकार डेङ चाओसँग फिल्म खेल्ने चान्स

bollywood एजेन्सी — बलिउड सेलिब्रेटिहरु विदेशी कलाकारसँग फिल्म खेल्ने क्रम बढ्दो छ । प्रियङका चोपडा र दिपिका पादुकोणले हलिउड फिल्म ‘बेवाच’ र ‘ट्रिपल एक्समा’ डेब्यू गरेसँगै सलमान खान पनि उनको आगामी फिल्म ‘ट्युबलाइट’ मा चाइनिज नायिकासँग देखिदैँ छन् ।

त्यसैगरि सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘लभ इन बेजिङ’ मा दिपिका र प्रियाङकामध्ये एकजनालाई लिइने भारतीय मिडियाले दाबी गरेको छ । उक्त फिलमको कथाअनुसार एक चाइनिज ठिटो भारतीय केटीसँग प्रेममा पर्छ । दुई समुदाय र संस्कृतिको मिश्रण बनेर बन्न लागेको फिल्ममा कुनै अन्तर्राष्ट्रिय फिल्ममा काम गरेकी बलिउड नायिका लिने भनेर निर्देशक सिद्धार्थले बताएका छन् ।

नाम नखुलाएपनि अन्तर्राष्ट्रिय फिल्ममा डेब्यू गरेको भनिएपछि दिपिका र प्रियङकालाई अनुमान गरिएको हो । जसले हलिउड फिल्ममा आफ्नो डेब्यू गरिसकेका छन् ।

Deepika Priuanka

विशेष