मनोरञ्जन

किन कंगनासँग काम गर्न इच्छुक छन् सुशान्त

किन कंगनासँग काम गर्न इच्छुक छन् सुशान्त
कात्तिक - ९ । ‘एम.एस. धोनीः द अनटोल्ड स्टोरी’बाट सफलताको स्वाद चाखेका बलिउड अभिनेता सुशान्त सिंह राजपूतले कगंना रनौतको प्रशंसा गरेका छन् । उनले कगंनाको प्रशंसासँगै उनीसँग काम गर्न इच्छुक रहेको पनि बताए । sushant सुशान्तले जूम च्यानलमा प्रसारण हुने कार्यक्रम ‘दिवाली बिट्स’मा यस्तो बताएका हुन् । उनले भनेका छन्,‘म कगंनासँग काम गर्न चाहान्छु किनकी उनी धेरै क्षमतावान् तथा अद्भूत अभिनेत्री हुन् ।’ त्यस्तै उनले ‘पीके’ फिल्ममासँगै काम गरेकी अभिनेत्री अनुष्का शर्मा पनि मनपर्ने कलाकार रहेको बताए । सुशान्तले हालै परिणीति चोपडासँगको फिल्म ‘तकदुम’ को सुटिङ सुरु गरेका छन् । उनी त्यसलगत्तै आगामी फिल्म ‘राब्ता’मा कृति सेननसँग पनि ठूलो पर्दामा देखिँदै छन् ।

kangana ranaut sushant singh rajput

विशेष