यस्ता छन् हिन्दी फिल्ममा कलाकारहरुले लगाएका सबैभन्दा भारी पोसाक तथा गहना

कात्तिक ९ । फिल्ममा स्क्रिप्टलेख्न जति मेहनत गरिन्छ त्यति नै मेहनत कलाकारले लगाउने पोशाकमा पनि गर्ने गरिन्छ । जसका कारणले उनीहरुले लगाउने पोशाकहरु अत्याधिक भारी हुने गर्दछन् । यस अत्यधिक भारी पोेसाकलाई लगाएर अभिनय गर्दा कतिपय कलाकारको पसिना समेत छुट्ने गर्दछ । ति कलाकारले लगाएका पोसाक र उनीहरुले अभिनय गरेका चलचित्रहरु निम्न छन् ।
रामलीला
‘नगाडे संग ढोल बाजे’ गीतमा दीपिकाले ३० किलोको लेहंगा लगाएकी थिइन् । यस लेहंगाको डिजाइन अजुं मोदीले गरेकी थिइन् ।
क्रिस—३
क्रिस—३ मा विवेक ओबेराँयले पहिरिएको रोबोटको नमूनाको पोसाकको तौल लगभग २८ किलो रहेको थियो । उनलाई यो पोसाक निकै भारी पनि परेको थियो ।
जोधा—अकबर
चलचित्र जोधा—अकबरमा ऐश्वर्या रायले लगाएको गहना तयार गर्न करिब २ सय कालिगढहरुले लगातार छ सय दिनसम्म काम गरेका थिए । यस फिल्ममा ऐश्वर्याले अत्यधिक भारी लेहंगा पनि लगाएकी थिइन् ।
शहंशाह
चलचित्र शंहशाहमा अमिताभ बच्चनले हातमा जुन एक्सेसरी लगाएका थिए यसको तौल करिब १४ किलो रहेको थियो । र अमिताभले हरेक दृश्यमा यसलाई पहिरिने गर्दथे जसबाट उनलाई हरेक दृश्य राम्रो होस् ।
रुप की रानी चोरों का राजा
श्रीदेवीले यस फिल्मको गीत ‘दुश्मन दिलका जो वो है’ मा २५ किलोको लेहंगा लगाएकी थिइन् । उनलाई १५ दिनसम्म यस पोसाक पहिरिनु परेको थियो ।
देवदास
चलचित्र देवदासमा माधुरीले ३० किलोको लेहंगा पहिरिएर कत्थक गरेकी थिइन् र उनका अनुसार उनी घुम्न बन्द गर्दथिइन् तर उनको लेहंगा घुमेर बस्दथ्यो ।
bolleywood





