छोरी बलात्कार गर्ने बाबुलाई २२ वर्ष कैद
कात्तिक ९ । छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका ३५ वर्षीय एक बाबुलाई जिल्ला अदालत स्याङजाले २२ वर्ष कैदको फैसला सुनाएको छ ।
अदालतले उनीबाट पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराइदिने फैसलासमेत सोमबार गरेको छ । जिल्ला न्यायधीश चन्द्रबहादुर सारुको एकल इजलासले उक्त फैसला गरेको हो । छोरीलाई जबरजस्ती करणी गरेकाले थापालाई २२ वर्षको कैद सजाय सुनाइएको सारुले बताए ।
बालिकामाथि भएको यौन दुव्र्यवहारअनुसार पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराइदिने फैसला पनि गरिएको उनको भनाइ छ । पीडक बाबुको चलअचल सम्पत्ति केही नभएकाले क्षतिपूर्तिबापतको रकम भने मुलुकी ऐन जबरजस्ती करणीको महलको १० ग अनुसार महिला तथा बालबालिका कार्यालय स्याङजाबाट भराइदिने आदेशसमेत अदालतले गरेको नायब सुब्बा गुरुप्रसाद आचार्यले जानकारी दिए।
Adalat
babudwara chhori baltkar
Syangja