देश

'निर्वाचनका बेला गरेको बाचा भूलेको छैन' - प्रधानमन्त्री प्रचण्ड

'निर्वाचनका बेला गरेको बाचा भूलेको छैन' - प्रधानमन्त्री प्रचण्ड
कात्तिक ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिरहाका जनतालाई सम्बोधन गर्न आफू छिट्टै सिरहा आउने बताएका छन् । prachanda-siharabasi-768x387 जिल्लाका विकास निर्माण र जनचासोका विषयहरु लिएर आएको सिरहाको सर्वदलीय एवं सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले छिट्टै सिरहा आउने बताए । उनले भने, ‘म प्रधानमन्त्री भएपछि उपत्यका बाहिरको पहिलो कार्यक्रम सिरहामा नै बनाएको थिएँ । सिरहाका जनता उर्लेर आएको मैले जानकारी पाएको थिएँ । तर, मौसमका कारण जान सकिनँ ।’ उनले अघि भने, मलाई पनि निकै नमीठो लागेको छ । अब समय लिएर छिट्टै सिरहाका जनता भेट्न आउनेछु ।’ प्रधानमन्त्री प्रचण्डले आफूले निर्वाचनका बेला सिरहामा गरेको बाचा नभूलेको भन्दै सिरहाको विकास, निर्माणका लागि सरकारको तर्फबाट सम्भव सहयोग हुने बताए । प्रधानमन्त्रीले कृषि क्याम्पस, मेडिकल कलेज, सडक, खानेपानी लगायतका विषयलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । भेटमा सिरहाको प्रतिनिधि मण्डलले विकासका दृष्टिले सिरहा पछाडि परेको भन्दै नदी नियन्त्रण, सर्पदंशको उपचारका लागि अत्याधुनिक अस्पताल, बाल अस्पताल, सडक निर्माण र मर्मत, हुलाकी राजमार्ग लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

pushpa kamal dahal prachanda Siraha

विशेष