करेन्ट लागेर १ को मृत्यु
कात्तिक ९ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा करेन्ट लागेर कैलालीका सुनिल चौधरीको ज्यान गएको छ ।
कैलाली थापापुर–६ का २४ वर्षे सुनिल चौधरी आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरको निर्माणाधिन भवन छेउमा रहेको खाल्डोबाट पानी झिक्ने क्रममा चौधरीलाई करेन्ट लागेको महेन्द्रनगरका प्रहरी निरीक्षक कर्ण चन्दले बताए ।
चौधरीले मोटर चलाएको र मोटरले पानी नफालेपछि स्वीच बन्द नगरिकनै पानीमा रहेको मोटर झिक्न खोज्दा करेन्ट लागेको प्रहरी निरीक्षक चन्दले भनाइ छ । करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका लागि महाकाली अञ्चल अस्पतालमा लैजाँदै गर्दा ज्यान गएको हो ।
curent lagera mirtue
Kanchanpur