रणबीर र ज्याक्लिनबीचको गजबको क्यामेस्ट्री

कात्तिक - ९ । कैटरिना क्यैफसँगको ब्रेकपछि बलिउड चक्लेटी ब्याइ रणबिर कपुरको नाम सुन्दर हिरोइन ज्याक्लिन फर्नान्डिससँग जोडिएको छ । सुत्रका अनुसार उनीबीचको सम्बन्ध बढ्दै गएको छ । यसको उदाहरण डान्स सियालिटी सो झलक दिख्लाजामा देखिएको थियो । यस सोमा रणबिरले अलग तरिकाले सम्बन्ध स्वीकार गरेका छन् ।
उनी झलक दिख्लाजामा आफ्नो आउँदै गरेको चलचित्र ऐ दिल है मुश्किलको प्रमोशन गर्न आएका थिए । त्यहाँ रणबीर र ज्याक्लिनको क्यामेस्ट्री गजबको देखिएको थियो ।
शोमा दुबै नजिकै बसेका थिए र रणबीरले यो पनि भने ज्याक्लिनमाथि मेरो मात्रै अधिकार छ । शोकै क्रममा जर्ज करण जौहरले दुबैलाई ऐ दिल है मुश्किलको टाइटल गीतमा डान्स गर्न भनेका थिए । रणबीर लजाएर कार्यक्रम प्रस्तोता मनिष पलसँग डान्स गरेका थिए ।
jyaklin farnand
kaitrina kaif
Ranbir Kapoor
