खेल

सोलिडारिटी कपका लागि २३ सदस्यीय खेलाडी छनौट

सोलिडारिटी कपका लागि २३ सदस्यीय खेलाडी छनौट
कात्तिक - ९ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले मलेसियामा हुने सोलिडारिटी कपका लागि २३ सस्यीय खेलाडी छनौट गरेको छ । सोमबार सार्वजनिक गरिएको खेलाडीको सुचीमा तीन जना गोलकिपर, ८ जना डिफेन्डर, ६ जना मिडफिल्डर, ६ जना फरवार्ड रहेका छन् । anfa अन्तिम तिस खेलाडीको छनौट गरी प्रशिक्षण गराइएकोमा प्रशिक्षणको क्रममा प्रकाश बुढाथोकी र विकास तामांग घाइते भएर प्रशिक्षण छोदेनु परेको एन्फाले जनाएको छ । २८ जना खेलाडीमा गोलकिपर अलन न्यौपाने, डिफेन्डर मान बहादुर तामांग, दिनेस राजबंशी र जितेन्द्र कार्की २३ जना भित्र पर्न असफल भएका छन् भने मिडफिल्डर सुनील बल पनि टिममा परेका छैनन । नेपाली टोली आगामी अक्टोबर ३० मा मलेसिया तर्फ प्रस्थान गर्ने पनि एन्फाले जनाएको छ । एशियाली फुटबल महासंघ एएफसीले आयोजना गर्न लागेको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिता मलेसियामा आगामी कार्तिक १७ गतेदेखि सुरु हुँदै छ ।

Brazil Footaball football

विशेष