मनोरञ्जन

गुपचुच काठमाडौँ आएर गुपचुप फर्किन् नेहा

गुपचुच काठमाडौँ आएर गुपचुप फर्किन् नेहा
कात्तिक – ९ । बलिउड अभिनेत्री नेहा धुपिया काडमाडौँ आएर सोमबार नै भारत फर्केकी छिन् । अन्य बलिउड सेलिब्रेटि नेपाल आउनुभन्दा पहिला नै खबर आइसक्छ तर नेहा कसैलाई थाहा पत्तो नै नदिर्य नेपाल आइन् र फर्किन् । neha-dupiya स्पोर्टस् बाण्ड पुमाको आउटलेट शुभारम्भ गर्न नेहा नेपाल आएकी थिइन् । राजधानिको दरवारमार्गमा खुलेको पुमाको आउटलेटको शुभारम्भ गर्दै नेहाले नेपालको बारेमा पनि मुख खोलिन् । नेपालको बारेमा बोल्दै नेहाले आफूलाई नेपाल विदेशजस्तो नलागेर आफ्नै देशजस्तो लाग्ने बताइन् यहाँको हावा पानी र सँस्कृतिले आफूलाई निकै आकर्षित पार्ने गरेको नेहाको भनाइ छ । नेहाले शुभारम्भ गरेको पुमा ब्राण्ड विश्व प्रसिद्ध ब्राण्ड हो । जसले फुटबल, दौड, गल्फ जस्ता खेल समबन्धीका सामाग्रीको उत्पादन तथा बिक्री गर्दै आएको छ ।

neha dhupiya

विशेष