देश

सडक दुर्घटनामा नाबालकसहित दुईकाे मृत्यु

सडक दुर्घटनामा नाबालकसहित दुईकाे मृत्यु
कात्तिक - ९ । रौतहटको कनकपुरमा स्कारपियोको ठक्करबाट नाबालककाे मृत्यु भएकाे छ । मंगलबार साँझ पौने ५ बजे रौतहटको कनकपुर-२ स्थित भित्री सडकखण्डमा कनकपुरबाट बालचनपुरतर्फ जाँदै गरेको बा १४ च ८८७१ नम्बरको स्कारपियोले ठक्कर दिँदा स्थानीय फुलबारी टोल बस्ने मुसामिर मियाँको डेढ बर्षको छोरा रिजवान मियाँको घटनास्थलमै मृत्यु भएको हाे । दुर्घटनामा संलग्न चालक र सवारी साधन फरार रहेकोले खोजी कार्य भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । त्यस्तै दाङ्गमा बसको ढोकाबाट खसेर १ जनाको मृत्यु मृत्यु भएकाे छ । बिहान ११ वजे दाङ्गको सिसहनिया-७ मा  ना ५ख ८०३९ नम्बरको बसलाई ना ३ ख २६१७ नम्बरको बसले ठक्कर दिँदा बसको ढोकामा बसेका  बर्दिया राराताल-७ का ४२ वर्षीया रुद्र बहादुर क्षेत्रीको मृत्यु भएको छ । बसबाट खसेर गम्भिर घाइते भएका क्षेत्रीको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुबै सवारी साधन र बस चालकलाई जिल्ला प्रहरी कार्यालय दाङ्गले नियन्त्रणमा लिएको छ।

road accident

विशेष