समाज स्वास्थ्य

होचो हुनुहुन्छ पिर नगर्नुहोस्, अग्लोको तुलनामा कयौं गुणा बुद्धीमानी हुनुहुन्छ

होचो हुनुहुन्छ पिर नगर्नुहोस्, अग्लोको तुलनामा कयौं गुणा बुद्धीमानी हुनुहुन्छ

के तपाईलाई अग्लो हुन पाए हुन्थ्यो जस्तो लाग्छ । निःशन्देह अझै पनि धेरै मानिस अग्लो हुन नै मन पराउँछन् । अग्ला मानिस धेरै हिड्न सक्ने, आर्कषक र सफल हुने आम विश्वास छ ।

त्यस्तै पछिल्ला दिनमा महिलाको उचाईलाई धेरै महत्व दिइन्छ । अग्ला महिला पुरुषको तुलनामा अझ बढी आकर्षक देखिन्छन् भन्ने मान्यताले पनि आम महिलामा उचाई बढिदियोस् भन्ने चाहना बढिरहेको पाइन्छ । हो, मानिसहरु आफ्नो उचाईबारे गुनासो गरिरहेकै बेला होचो हुनु (पुड्को होइन, औषत उचाइ) स्वास्थ्यका लागि फाइदाजनक रहेको एक अध्ययनले दर्शाएको छ ।

धेरै वर्ष बाँच्छनः

अमेरिकाको पीएलओएस ओनमा प्रकाशित एक जर्नलमा प्रकाशित अध्ययन अनुसार छोटो कदका मानिसको जीवन अग्लो कद भएकाहरु भन्दा लामो हुन्छ । अध्ययनमा ८ सय जापानी र अमेरिकी महिलामा ४० वर्षसम्म अध्ययन गरिएको थियो । अग्लाहरु होचोको तुलनामा बढी रोगी हुने अध्ययनमा देखाइएको थियो ।

क्यान्सर खतरा कमः

क्यान्सर कज एन्ड कन्ट्रोल नाम दिएको सन् २०१४ को एक अध्ययनमा अग्ला मानिसलाई क्यान्सर र क्यान्सरजन्य खतरा हुने दर्शाइएको छ । अध्ययनमा क्यान्सरको उपचार गएिका ३८ हजार ८ सय ६२ सहभागी थिए । अन्य धेरै अध्ययनले पनि अग्ला महिलामा अन्डासय र स्तन क्यान्सरको खतरा देखाएको थियो । त्यस्तै अग्ला महिलालाई कोलोन, रेक्टम र प्रोस्ट्रेट क्यान्सरको खतरा हुने गर्छ ।

रगत जम्ने खतरा न्युनः

निश्चय नै अग्ला मानिसका लागि यो दुखद समाचार हुन सक्छ । तर वास्तविकता भने यही हो । अग्लो व्यक्ति लामो समयसम्म निष्क्रिय बस्यो भने बारम्बार रगत जम्ने समस्या वा रक्तनलीसँग सम्बन्धित अन्य समस्याले पीडित बन्न सक्छ । गत वर्ष जर्नल अफ थोर्मबोसिस एन्ड हेमोस्टासिसमा प्रकाशित एक अध्ययन अनुसार १ सय ९५ सेमी देखि २०० सेमीका मानिसलाई दुई भन्दा बढी पटक रगत जम्ने समस्या देखिएको थियो ।

बढी चलाखः

न्युरोलोजिस्त डेभिड इगलम्यानका अनुसार होचा मानिसको तुलनामा अग्ला मानिसले संसारलाई अलि धिमा गतिमा अनुभव गर्छन् । अग्ला मानिसले होचाको तुलनामा १० भागको १ भाग ढिलो आफ्ना आँखा, कान, जिब्रो र छालामार्फत चेतनायुक्त तथ्यांक सेन्सरी डाटा प्राप्त गर्छन् । अग्लो मानिसको दिमागको स्नायुको मार्ग अलिक लामो भएकोले दिमागले लिने सूचना र संकेतमा पनि ढिलाई हुन्छ । इगलम्यानका अनुसार यही ढिलाईका कारण जहिलेपनि वर्तमान अतित भइसकेको हुन्छ ।

Small man Tall Man

विशेष