भारतबाट अबैध रुपमा ल्याउँदै गरेका कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट (फोटो फिचर)

कार्तिक १० नवलपरासी । नवलपरासीको कठहवा नाका हुँदै भारतबाट अबैध रुपमा ल्याउँदै गरेको अनुमानित ६० हजार बराबरको कुखुरा बरामद गरेको छ । तयारी अवस्थामा रहेको कुखुरा शशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीको टोली बरामद गरेको हाे ।
सशस्त्रकाे टाेलीले करिब तीन क्विन्टल बराबरका कुखुरा बरामद गरेकाे छ । महेशपुर पशु क्वारेन्टाइन चेकपोस्टका सेवा अधिकृत गिरीराज पौडेल, पत्रकार र स्थानियहरुको रोहबरमा नष्ट गरेको छ । विशेष सुराकीका अधारमा कुखुरा बरामद गरिएको सशस्त्र प्रहरी निरिक्षक पदमबहादुर पुनले बताए ।
नवलपरासीको दक्षिणी भारतीय सिमावर्ती क्षेत्रबाट अबैध रुपमा कुखुराको चल्ला र कुखुराहरु भित्रने गरेको पाइएको छ । अहिले पनि जिल्लाको कतिपय नाकाबाट अबैध रुपमा कुखुरा र कुखुराको चल्ला प्रहरीको मिलोमतोमा नेपाल भित्रने गरेका स्थानीयहरुले बताउँछन् ।
- रबिन्द्र यादव/नवलपरासी
babaidha kukhura nasta
nawalparasi
Police



