रणवीर–अनुष्काको चुम्बन सेन्सर बोर्डले हटायो

कातिक—१० । शुक्रबारबाट प्रदर्शन हुन लागेको करण जौहरको फिल्म ‘ए दिल है मुस्किल’मा समावेश अनुष्का शर्मा र रणवीर कपुरका ५० प्रतिशत चुम्बन दृश्य सेन्सर बोर्डले हटाइदिएको छ ।
फिल्मको सेन्सर सर्टिफिकेट एक्कासि सोसियल मिडियामा लिक भएपछि अझ चर्चा बढेको छ । भारतीय फिल्म सेन्सर बोर्डले फिल्ममा समावेश अनुष्का शर्माका चुम्बन दृश्य र दुईअर्थी थुप्रै सम्वादमाथि कैँची चलाएको छ ।
तर, ऐश्वर्या र रणवीर कपुरबीचको अन्तरंग दृश्य भने काटिएको छैन् । बोर्डले रणवीर अनुष्काबीचको एउटा लामो चुम्बन दृश्यलाई आधा मात्र राख्ने अनुमति दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
anushka sharma
Ranbir Kapoor
