Technology

'फेसबुकमा होइन, कोर्षबुकमा ध्यान देउ, अपरिचित व्यक्तिसँग कुराकानी नगरौँ' भन्दै र्याली निकालियाे

'फेसबुकमा होइन, कोर्षबुकमा ध्यान देउ, अपरिचित व्यक्तिसँग कुराकानी नगरौँ' भन्दै र्याली निकालियाे
कात्तिक - १० । सामाजिक सञ्जालका कारण विकृति बढेको भन्दै महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले बु्धबार बृहत् सचेतना र्याली निकालेका छन् । social-media सामाजिक सञ्जाल दुरुपयोग विरुद्ध अभियान नामक संस्थाको नेतृत्वमा भरतपुरको चौबीसकोठीबाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय ज्ञापनपत्र बुझाएर सम्पन्न भएको थियो । जिल्लाका १०७ वटा सङ्घ संस्था र्यालीमा सहभागी थिए । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई पठाइएको ज्ञापनपत्रमा सामाजिक सञ्जालको दुरुपयोगबाट समाजमा विकृति, विसङ्गति, अपराधजन्य गतिविधि र महिला विरुद्धका हिंसा बढेकाले त्यसको रोकथामका लागि कानुनको प्रभावकारी कार्यान्वयन र थप कानुन निर्माणका लागि राज्यका सबै सरोकार निकायमा अविलम्ब निर्देशन दिन ध्यानाकर्षण गराइएको छ । लोकतन्त्रमा व्यक्तिले अधिकारको उपभोग गर्न पाउने भए पनि सामाजिक सञ्जाल एवम् अनलाइनको दुरुप्रयोगले व्यक्ति, समाज र सामाजिक सद्भावमा खलल समेत पुगेको महिला अधिकारकर्मी मीना खरेलले बताइन् । र्यालीमा सहभागीले फेसबुकमा होइन कोर्षबुकमा ध्यान देउ, सामाजिक सञ्जालको दुरुपयोग रोकौँ, अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा कुराकानी नगरौँ, सामाजिक सञ्जाललाई असामाजिक नबनाऔँजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

Facebook samajik sanjal

विशेष