खेल

इतिहासकै उत्कृष्ट गोलकर्ताको निधन (गाेलकाे भिडियोसहित)

इतिहासकै उत्कृष्ट गोलकर्ताको निधन (गाेलकाे भिडियोसहित)
कात्तिक–१० । विश्वकप इतिहासकै उत्कृष्ट गोलकर्ता कार्लोस अल्बर्टोको निधन भएको छ । ब्राजिलका पूर्व खेलाडी कार्लोसको ७२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । carlosh फुटबल इतिहासका उत्कृष्ट राइट–ब्याक मानिने यी खेलाडीको हृदयघातका कारण रियो दि जेनेरियोमा निधन भएको हो । सन् १९७० मा ब्राजिललाई विश्वकपको उपाधि दिलाउने टिमका कप्तान कार्लोस महान् खेलाडी पेलेसँगको उत्कृष्ट खेलाडी हुन् । उनले सन् १९७०को विश्वकप फाइनलमा इटालीलाई ४–१ ले हराउने क्रममा विश्वकप इतिहासकै उत्कृष्ट गोल गरेका थिए । उनले ८६ औँ मिनेटमा गरेको लो फिनिसको गोल विश्वकप इतिहासको उत्कृष्ट गोल मानिन्छ । कार्लोस सन् १९६४ देखि १९७७ सम्म ब्राजिलको टिममा रहँदा ५३ खेल खेलेर ८ गोल गरे । उनी सन् १९९८ मा घोषणा गरिएको २० औँ शताब्दीको विश्वकप टिममा परेका थिए । यस्तै उनी फिफाले सन् २००४ मा सार्वजनिक गरेको उत्कृष्ट जीवित एक सय खेलाडीको सूचीमा पनि परेका थिए । खेल जीवनपछि उनले १३ क्लब तथा ओमान र अजरबैजानको राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा पनि काम गरे ।

carlos alberto carlos alberto death Death football

विशेष