मनोरञ्जन

स्वास्थ्य रहनका लागि शिल्पा सेट्टीले यस्ताे दिइन् टिप्स

स्वास्थ्य रहनका लागि शिल्पा सेट्टीले यस्ताे दिइन् टिप्स
बलिउड अभिनेत्री शिल्पा सेट्टी ‘फिट’ अभिनेत्री हुन् । उनले स्वस्थ र फिट रहन चाहनेलाई केही यस्ता टिप्स दिएकी छिन्ः silpa-shetty राम्रोसँग चपाउनुस् खाना चपाएर खाँदा शरीरमा पाचन क्रियालाई सहज बनाउने पदार्थ उत्सर्जन हुन्छ, जसले खानालाई ऊर्जामा परिवर्तन गरिदिन्छ । राम्रोसँग चपाएर खाँदा थोरै खाना पनि पर्याप्त हुन्छ, जसले मोटोपनको समस्याबाट पनि राहत दिन्छ । मैले लामो समय लगाएर चपाईचपाई खाना खाने गरेको धेरै भयो । साँझ सलाद नखानुस् नपकाएको तरकारी अथवा फलफूल शरीरका लागि अति आवश्यक छ । तर, यस्ता खाना बेलुकाको ४ बजेअगावै खाइसक्नुपर्छ । यस्ता खाना पच्न गाह्रो हुने भएकाले राति खानु हुँदैन । बज्रासनमा बस्नुस् खाना खाएपछि केही बेर वज्रासनमा बस्ने गर्नुपर्छ । यसले पाचन प्रक्रियालाई सुचारु राख्न मद्दत गर्छ । वज्रासनमा कसरी बस्ने भन्ने कुरा युट्युब हेरेर सिक्न सकिन्छ । श्वासप्रश्वासमा ध्यान दिनुस् हामी सास फेरेको यादै गर्दैनौँ । तर, सास फेरेको याद गर्नाले, यसमा ध्यान केन्द्रित गर्नाले र लामो सास फेर्नाले पाचन प्रक्रियालगायत शरीरका सबै प्रणाली सुचारु हुन्छ । दिनहुँ घ्यू खानुस् घ्यू हाम्रो शरीरका लागि आवश्यक खाद्य पदार्थ हो । म हरेक दिन एकदेखि डेढ चम्चासम्म घ्यू खाने गर्छु । खानामा घ्यू नहाली कहिल्यै खाँदिनँ । मौसमी फलफूलमा जोड गर्नुस् तरकारी किन्न जाँदा भरिसक्के मौसमी तरकारी छान्ने गर्नुपर्छ । मौसमी तरकारीमा विषादी आदिको मात्रा कम हुनुका साथै यसमा बढी पोषण पाइन्छ । सलाद बढी खानुस् खाने कुराको तलतल लागेमा म सलाद बनाएर खाने गर्छु । यसो गर्नाले शरीर स्वस्थ हुनुका साथै वजन पनि बढ्न पाउँदैन । ब्राउन राइस खानुस् मैले ह्वाइट राइसको सट्टा ब्राउन राइस खान थालेको थुप्रै भयो । चामल मात्र होइन, म पास्ता पनि ब्राउन नै रोज्छु । ह्वाइट चिनीको ठाउँमा पनि मैले ब्राउन चिनी रोज्ने गरेको छु । किनकि, यी खाद्य स्वास्थ्यका लागि लाभदायक छन् । यी खाद्यले डायबेटिजलगायत रोगको जोखिम घटाउँछन् । व्यायाम नगर्दा खाना घटाउनुस् दिनहुँ व्यायाम गर्नुपर्छ । कुनै काम विशेषले व्यायाम गर्न सकिएनछ भने खाना खाँदा चनाखो रहनुपर्छ । यस्तो बेलामा क्यालोरियुक्त खाना बढी खानु हुँदैन । ९‘टाइम्स अफ इन्डिया’बाट

healthy silpa shettya

विशेष