जात्राको ‘नोट नोट’ सार्वजनिक (भिडियोसहित)

कात्तिक – १० । कात्तिक २६ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘जात्रा’को नयाँ गीत सार्वजनिक भएको छ ।
प्रदर्शनको तयारीमा रहेको चलचित्रले ‘नोट नोट’ बोलको गीत बुधबार युट्युबमा सार्वजनिक गरेको हो । हरिवंश आचार्य र शशी रावलको स्वरमा रहेको गीतका रचनाकार हरिवंश आचार्य आफैँले दिएका हुन् भने संगीत रोशन थापाको रहेको छ ।
गीतमा अहिलेको समयमा अरु भन्दा पैसा नै ठूलो भएको र पैसा कमाउने चाहना पूरा नभएको कुरा समेटिएको छ ।
jatra
nepali movie
paisa paisa
