खेल

बालोन डि’ओर अवार्डमा नयाँ अनुहार आउला कि, मेस्सी र रोनाल्डो प्रतिस्पर्धा गर्दै

बालोन डि’ओर अवार्डमा नयाँ अनुहार आउला कि, मेस्सी र रोनाल्डो प्रतिस्पर्धा गर्दै
कात्तिक–१० । बालोन डी’अरले फिफासँगको सहकार्य टुटेपछि फिफा बालोन डि’ओर को सट्टा विश्वको उत्कृष्ट खेलाडीलाई बालोन डि’ओर अवार्ड दिने निर्णय गरेको छ । त्यसैमा सोमबार बालोन डि’ओरको मनोनयनमा परेका ३० खेलाडी मध्ये पहिलो चरणमा पाँच खेलाडीको नाम सार्वजनिक गरेको थियो । पहिलो पाँचमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल, म्यानचेस्टर सिटीका सर्जियो अग्युरो, युभेन्टसका जियानलुइजी बुफोन र बोरुसिया डर्टमुण्डका पिएर एमरिक नाम परेको थियो । messi-vs-ronaldo पहिलो पाँचमा बार्सिलोनाका लियोनल मेस्सी भने पर्न सकेनन् । तर पछि सार्वजनिक भएको ३० जना खेलाडीको सूचीमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी दुवै परेपछि विश्व वर्ष खेलाडी उपाधिका लागि पुनः दुईको प्रतिस्पर्धा हुने भएको छ । बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सीले कीर्तिमानी पाँचपटक बालोन डी’अरको उपाधि जितिसकेका छन् भने उनलाई पछ्याइरहेका रियल मड्रिडका पोर्चुगिच रोनाल्डोले तीन पटक उपाधि जितेका छन् । २००७ मा एसी मिलानका स्टार काकाले उपाधि जितेयता प्रत्येक वर्ष दुई जनाबीच तीव्र प्रतिस्पर्धा हुँदै आएको छ । नयाँ सिजन भर्खरै सुरू भएको छ । तर रोनाल्डोप्रेरित पोर्चुगलले फ्रान्समा सम्पन्न युरो २०१६ को उपाधि उचालेको थियो । त्यसैले उनलाई उपाधिको प्रबल दाबेदारमा हेरिएको छ । रियलबाट सूचीमा परेका ६ खेलाडीमध्ये रोनाल्डो एक हुन् । अन्यमा वेल्सका गारेथ बेल, जर्मनीका टोनी क्रुस, क्रोएसियाका लुका मोड्रिच, स्पेनका सर्जियो रामोस र पोर्चुगलकै पेपे छन् । युरोपियन च्याम्पियन रियालबाट सबैभन्दा धेरै खेलाडी परेको छ । बार्सिलोनाबाट मेस्सीसँगै अग्रपंक्तिका नेइमार र लुइस स्वारेज पनि शीर्ष ३० जनामा परेका छन् । योसमूहले गत सिजनमा १ सयभन्दा धेरै गोल गरेका थिए । यी तीनसँगै अन्द्रियास इनिइस्टा पनि सूचीमा समावेश छन् । त्यस्तै अविश्वसनीय रूपमा गत सिजन इङलिस प्रियिमर लिगको उपाधि जितेको लेस्टर सिटीका फरवार्ड जेमी भार्डे र अल्जेरियाका मिडफिल्डर रियाद मेहराजले पनि शीर्ष ३० मा स्थान बनाएका छन् । युरोप र दक्षिण अमेरिकी बाहेकका राष्ट्रबाट शीर्ष ३० मा पर्ने मेहराज र बोरुसिया डर्टमन्डका पिरे–इमेरिक औबमेयाङ मात्र हुन् । औबमेयाङ गाबोनका फरवार्ड हुन् । फ्रान्स र अर्जेन्टिनाबाट सबैभन्दा धेरै ४–४ खेलाडी परेका छन् । फ्रान्सबाट एन्टोनियो ग्रिजम्यानसँगै ह्युगो लोरिस, दिमित्री पायेट र पाउल पोग्बा छन् भने अर्जेन्टिनाबाट मेस्सी, गोल्जालो हिग्विन, सर्जियो अग्विरो र पाउलो डिबाला३० भित्र परेका छन् । फ्रान्स फुटबल म्यागजिनले १९५६ यता प्रत्येक वर्ष बालोन डी’अर अवार्डबाट खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । विजेतालाई जनवरीमा विशेष समारोहबीच अवार्ड प्रदान गरिनेछ। –एजेन्सीको सहयोगमा

gyareth bell leonal messi Realmadrid Ronaldo

विशेष