लोकमान लोकतान्त्रलाई समाप्त पार्ने खेलमा लागेको जनसङ्ख्यामन्त्री जोशीको आरोप
कात्तिक १० । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।
जनसङ्ख्या तथा वातावरणमन्त्री जोशीले आज डडेल्धुरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै कार्की तानाशाहा बन्दै लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेकाले उहाँविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको जिकिर गरे । कार्कीले संविधान कार्यान्वयनका लागि अवरोध गर्ने काम गरिरहेकोसमेत मन्त्री जोशीले आरोप लगाए ।
अर्को प्रशङ्गमा महाभियोग प्रस्ताव र संविधान संशोधन फरक विषय भएकाले संविधान संशोधनमा कुनै असर नपर्ने मन्त्री जोशीको भनाइ छ । मन्त्री जोशीले असन्तुष्ट मधेसी दलको मागलाई सम्बोधन गरेर चैत महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा समेत राखे।
dadeldhura
janashankhya mantri
jayadev joshi
Lokman Karki