समाज

१३ बर्षीया बालिका बलात्कार गर्ने बाबुलाई २२ कैद सजाय

१३ बर्षीया बालिका बलात्कार गर्ने बाबुलाई २२ कैद सजाय
कात्तिक १० । तेह्र वर्षीया बालिका बलात्कार गरेको पुष्टि गर्दै जिल्ला अदालत उदयपुरले तीन जनालाई २२ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवनाको फैसला सुनाएको छ । rape जिल्ला न्यायाधिश राजकुमार कोइरालाको एकल इजालासले मंगलबार तीन जनाविरुद्ध फरक फरक कैद र क्षतिपूर्तिको फैसला सुनाएको हो । अदालतले घटनाका मुख्य दोषि ४० वर्षे पीडितका बुबालाई २२ वर्ष र ५० हजार रुपैयाँ जरिवाना, २१ वर्षे मामालाई ११ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना र १८ वर्षे राजकुमार राईलाई ८ वर्ष कैद र १० हजार रुपैयाँ जरिवनाको फैसला सुनाएको हो । अदालतले मुलुकी ऐनको जबरजस्ती करणीको महल अनुसार १२ वर्ष कैद र हाडनाता करणी महल बमोजिम थप १० वर्ष गरी बलात्कृत बालिकाका बुबालाई २२ वर्ष कैदको फैसला सुनाएको हो । मामालाई पनि त्यही महलअनसार ८ वर्ष कैद र हाडनाता अन्र्तगत थप ३ वर्ष गरी ११ वर्ष कैदको फैसला सुनाइएको अदालतका स्रेस्तेदार ऋतबहादुर पुलामी मगरले जानकारी दिए । उनीहरु तीन जना मिलेर गएको माघ २९ गते बालिकाका आमा विदेश गएको मौका छोपी नियमित बलात्कार गर्दै आएका इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भिमप्रसाद सिलवालले बताए । कक्षा ६ मा अध्ययनरत पीडित बालिकालाई रक्सी खुवाएर आमा विदेश गएका बेला बलात्कार गरेको प्रहरीले जनाएको छ ।

balatkar garne babulai kaid sajaya Rape Udayapur

विशेष