स्वास्थ्य

भरतपुर अस्पतालकाे हाताभित्र सरकारी फार्मेसी संचालन

भरतपुर अस्पतालकाे हाताभित्र सरकारी फार्मेसी संचालन
कात्तिक - १०। चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालले हाताभित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । बिरामीलाई सर्वसुलभरुपमा औषधि उपलब्ध गराउने उद्देश्यले अस्पतालले फार्मेसी सञ्चालनमा ल्याएको हो । pharmecy अस्पताल बाहिर औषधि पसलमा चर्को मूल्यमा औषधि लिन बिरामी बाध्य छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले बिरामीको समस्यालाई ध्यामा राखेर फार्मेसी सञ्चालनमा ल्याएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि अस्पतालले फार्मेसी सुरु गरेको उनको भनाइ छ । अस्पतालले हाललाई ४०० प्रकारका औषधि राखेर सेवा सुरु गरेको छ । आवश्यकताअनुसार औषधि थप्दै जाने मरासिनीले बताए । अस्पतालले बाहिरका मेडिकलमा भन्दा सस्तो दरमा बिरामीलाई औषधि उपलब्ध गराउने जनाएको छ । “हामी छिट्टै अन्य प्रकारका औषधि पनि ल्याएर जनतालाई सर्वसुलभ तरिकाले उपलब्ध गराउँछौँ” अस्पतालका मेसु डा मरासिनीले भने, “सबै चुनौतिलाई पन्छाएर फार्मेसी सञ्चालनमा ल्याएका हौँ ।” सरकारले छ महिनाभित्रमा देशभरका हरेक सरकारी अस्पतालले आफैँले फार्मेसी सञ्चालन गर्न निर्देशन दिइसकेको छ । चितवनको भरतपुर अस्पतालले गएको एक वर्षमा विभिन्न क्षेत्रमा सेवा थपेर क्षमता विकास गर्दै आएको छ । आइसियु, पोस्ट अपरेटिभ वाड शल्यक्रिया कक्षलाई आधुनिक प्रविधिसहित क्षमता थपेर अस्पतालले सेवा दिन थालेको यसअघिका अस्पतालका अध्यक्ष विजय सुवेदीले जानकारी दिए । अस्पतालमा १० वटा ठूला भवन निर्माण भएपछि क्षमता विस्तार गरिएको हो । अस्पतालले शवगृह निर्माण गरेर समेत विगतको सास्तीलाई कम गरेको छ ।

Bharatpur hospital Pharmacy

विशेष