खेल

एयर राइफलमा असिम र फुलमायालाई स्वर्ण

एयर राइफलमा असिम र फुलमायालाई स्वर्ण
कात्तिक–१० । सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको राष्ट्रिय खुला सुटिङ प्रतियोगितामा सप्तरीका असिम यादव र नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले बुधबार स्वर्ण जितेका छन् । व्यक्तिगत स्पर्धाको १० मिटर एयर राइफलको पुरुषमा असिम र महिलामा फुलमाया पहिलो भएका हुन् । असिमले २ सय पूर्णाङ्कको फाइनलमा सर्वाधिक १७५ अंक जोड्दै शीर्ष स्थान हात पारे । १७४ अंकमा सुनसरीका टीकाराम श्रेष्ठ दोश्रो र १५५ अंकमा नेपाल प्रहरीका हरिबहादुर थापा तेश्रो भए । महिलामा भने फुलमायाले सर्वाधिक १९२ अंक जोडिन् ।१८५ अंकसाथ अस्मिता राई दोश्रो र १६५ अंकसाथ दुर्गा सिन्जाली तेश्रो स्थानमा रहे । एयर राइफलकै पुरुष टिम इभेन्टमा प्रहरी पहिलो, दाङ दोश्रो तथा नेपाल आर्मी तेश्रो बने । सोही स्पर्धाको महिलामा प्रहरी पहिलो, आर्मी दोश्रो र दाङ तेश्रो भए । विजेतालाई आयोजक नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा समान २८–२८ पुरुषरमहिला गरी ५६ खेलाडीले एयर राइफलतर्फ विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Air Rifal asim yadav gold prize phulmaya kyapchheki

विशेष