मनोरञ्जन

नायिका प्रियंका चोपडासँग गर्भवती हुन पाइने छैन भन्ने सर्त आएपछि...

नायिका प्रियंका चोपडासँग गर्भवती हुन पाइने छैन भन्ने सर्त आएपछि...

priyanka कात्तिक ११ । बलिउड नायिका प्रियंका चोपडाले हालैको अन्तरवार्तामा एउटा आश्चर्यजनक घटना साझेदार गरेकी छन् । पछिल्लो समय बलिउडमा नायिकाहरूले समानताको आवाज मुखर गरिरहेका बेला उनले दुई वर्षअघिको घटना केलाएकी हुन् । उनले एउटा टीभी च्यानलसँगको कुराकानीमा दुई वर्षअघि प्रख्यात कम्पनीले ब्रान्ड एम्बासडर राख्ने क्रममा राखिएका सर्तमध्ये एउटा पढेर रिसको पारो तातेको बताएकी छन् । त्यसमा लेखिएको रहेछ, ‘गर्भवती हुन पाइने छैन ।’

‘तपाईं मलाई यस्तो सर्त कसरी राख्न सक्नुहुन्छ, गर्भवती हुनै नपाउने भनेर?,’ उनी त्यति बेला राँकिएकी रहिछन, ‘न तपाईले बिरामी हुनेबारेमा कुरा गर्नुभएको छ, न त तौल बढाएको बेलाको । खालि गर्भवती हुने कुरालाई मात्रै सवाल बनाउने?’

करार सम्झौताको दुई वर्षसम्म गर्भवती हुन नपाइने सर्त तेस्र्याएपछि प्रियंकाले उक्त कम्पनीसँग यही कारण गरिनछिन् । यस्ता शारीरिक सर्तहरू पुरुष कलाकारका हकमा नतेस्र्याइने तर महिला भएकैले अनेक झमेला बेहोर्नुपर्नेमा उनको विरोध थियो । उनले थपिन, ‘त्यो बेला यदि म गर्भवती भएँ भने पनि काम गर्नको लागि तयार थिएँ ।

यो कुरालाई लिएर हामी दुई पक्षमा लामो बहस पनि भयो । मैले उनीहरूलाई भनेँ, ‘यदि म गर्भवती भएर काम गर्न सकिनँ भने तपाईंहरू कन्ट्रयाक्ट रद्द गरिदिनुहोला, त्यो अधिकार छ, तर म गर्भवती भए पनि आफ्नो काम गर्न सक्छु भने तपाईं कसरी रोक्न सक्नुहुन्छ ? तर उनीहरूले सुनेनन् ।’

कान्तिपुर

Priyanka Chopara

विशेष