मनोरञ्जन

बलिउड सुपरस्टार सलमान खानका बारेमा धेरैलाई थाहा नभएका १३ तथ्य

बलिउड सुपरस्टार सलमान खानका बारेमा धेरैलाई थाहा नभएका १३ तथ्य
बलिउडका सुपरस्टार सलमान खान अधिकांश मानिसका मुटुको धड्कन बनेका छन् । फिल्म, झगडा त कहिले समाज सेवाका कारण सलमान सधैँ चर्चामा आइरहन्छन् । त्यसमाथि पनि उनी हरेक फिल्ममा एउटा एउटा स्टाइल गर्ने हुनाले सधैँ चर्चामा हुन्छन् । यी चर्चित अभिनेताबारे १३ तथ्य यस्ता छन् । salman-khan १) फिल्ममा आउनु अघि सलमान मोडलिङ गर्थे । फिल्ममा आउनको लागि उनले आफ्ना पिता सलिम खानको नाम कहिल्यै प्रयोग गरेनन् । उनी आफैँ फोटो बोकेर निर्माताको घरमा धाउँथे । २) सलमानले पहिलो पटक काम गरेबापतको पारिश्रामिक २५० भारु पाएका थिए । ३) उनको पहिलो फिल्म ‘बी बी हो तो एसी’मा बोली डब गरिएको थियो । यो विषयलाई लिएर सलमानले निर्देशकसँग झगडा गरेपछि पछि उनकै स्वर राखिएको थियो । ४) अभिनेत्री रविना टन्डनले सलमानसँगको फिल्मबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । तर उक्त फिल्मको सुटिङको दौरानमा दुईबीच झगडा भएको थियो । उनीहरु फिल्मको सुटिङभरि एकअर्कासँग व्यक्तिगत रुपमा बोलेनन् । ५) झगडामा सधैँ मसुर सलमान खान १५ वर्षको उमेरमा नै साहिन जाफ्रिनसँग पहिलो प्रेममा परेका थिए । ६) सलमान खानले १७ वर्षको उनमेरमा नै साहिन जाफ्रेसँग विवाह गर्न लागेका थिए । अन्तिम समयमा उनी डराए र विवाह गर्न मानेनन् । ७) सलमान मुसलमान भएतापनि उनको घरमा हिन्दू, मुसलमान, इसाई सबै धर्मको पूजा हुने गर्छ । ८) सलमान स्कूल पढ्ने समयमा आफ्ना गरिब साथिहरुलाई घरमा ल्याएर खाना खुवाउने गर्थे । उनी सबै बच्चाहरुलाई घरमा लगेर आफ्नी आमाको हातको खाना खुवाउँथे । ९) जब सलमान १६ वर्षका थिए, उनका पिता सलिम खानले दास्रो विवाह गरे । बाबुले दोस्री श्रीमती लिएर घर आए पछि सलमान धेरै दिनसम्म एक्लै बसेर रुने गर्दथे । १०) उनलाई स्क्रिप्टराइटर बन्ने मन थियो तर अभिनेता बने । स्क्रिप्टराइटर बन्ने सपना उनले आफ्नो तेस्रो फिल्ममा पूरा गरे । ११) सलमान एक यस्ता अभिनेता हुन् जसले तीनै हिरनेइनहरुसँग काम गरे जसलाई उनले कोक्रामा खेलाएका थिए । ती हिरोइनहरु हुन्, सोनाक्षी सिन्हा र करिना कपूर । १२) सलमानले २२ वर्षको आफ्नो फिल्म करियरमा कुनै हिरोइनलाई किस गरेका छैनन् । १३) सलमान हिरोइनहरुसँगको ब्रेक अप पछि तीनै हिरोइनहरुको जुडुवा खोज्न थाल्छन् । एश्वर्यासँगको ब्रेक अप पछि स्नेहा उल्लाललाई बहिनीमार्फत भेटे र उनलाई आफ्नो फिल्म ‘लक्की’को लागि साइन गराए । - एजेन्सी

kareena kapoor salman khan

विशेष