बन्चरो प्रहार गरि श्रीमतीकाे हत्या

कात्तिक ११ । बर्दिया जिल्ला सोरहवा–३ मा गएराति दैलेख सालखर्क घर भई भारतको सिमलामा ज्याला मजदुरीको काम गर्ने ३९ वर्षीय मीनबहादुर सुनारले आफ्नो श्रीमती खगीसरा सुनारलाई बन्चरोले हिर्काई हत्या गरेका छन् ।
सोरहवा–३ स्थित दाजुको घरमा बसेकी ३६ वर्षीया खगीसरासँग झगडा हुँदा मीनबहादुरले प्रहार गरेको बन्चरोबाट उनको घटनास्थतलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यापछि फरार रहेका मीनबहादुरलाई पक्राउ गर्न प्रहरीको खोजतलास जारी छ ।
bancharo prahar gari srimatiko hatya
Bardiya
