महावीर पुनकाे संस्थालाई ४ लाख सहयाेग

कात्तिक - ११। सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा स्थापना हुन लागेको राष्ट्रिय आविष्कार केन्द्रलाई अफगानिस्तानमा रहेका म्याग्देलीले चार लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग जुटाएका छन् ।
हिस्तान–८ औला घर भई हाल अफगानिस्तानमा कार्यरत खमबहादुर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत चार लाख दुई हजार ८० रुपैयाँ सहयोग गरेका हुन् । पुनले अफगानिस्तानमा सङ्कलन गरेकाे रकम हालै महावीर पुनलाई हस्तान्तरण गरे ।
आदर्श मावि रिमाका प्रअ कुमार गर्बुजा र टिकोट माविका शिक्षक टेक पुनको रोहवरमा उनले रकम हस्तान्तरण गरे । सो अवसरमा प्रअ गर्बुजाले १० हजार र शिक्षक पुनले पाँच हजार व्यक्तिगत रुपमा राष्ट्रिय आविष्कार केन्द्रका लागि महावीर पुनलाई उपलब्ध गराए ।
विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन तथा वातावरणलगायतका विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि पुनको नेतृत्वमा जनस्तरबाट आर्थिक सहयोग जुटाउन अभियान सञ्चालन गरिएको छ ।
Afaganstan
mahabir pun
rastriya abiskar kendra
sahayog
