मनोरञ्जन

यस्ता छन् पानीको बीचमा रहेका प्रख्यात १० रेष्टुरेन्टहरु

यस्ता छन् पानीको बीचमा रहेका प्रख्यात १० रेष्टुरेन्टहरु
कात्तिक ११ । सेवा, सुविधा, खानेकुराको बनावट आदिका कारणले गर्दा दुनियाँमा विभिन्न रेष्टुरेन्टहरुलाई चिन्ने गरिन्छ । आफ्नो खास कारण चल्ने यी प्रख्यात रेष्टुरेन्टहरु राम्रो पनि हुने गर्दछन । तर दुनियाँमा केही यस्तो रेष्टुरेन्ट रहेका छन् । जुन विशेष स्थानमा बनेका कारण पनि प्रख्यात मानिन्छन् । यस्ता होटेलहरुको बनावट देखेर जोकोही मानिस पनि अचम्ममा पर्ने गर्दछन् । हामी तपाईहरुलाई संसारको यस्तै केही पानीमा अवस्थित रेष्टुरेन्टको बारेमा बताउँदै छौँ । restaurent यस्ता छन् विश्वमा पानीको बीचमा रहेका रेष्टुरेन्टहरुः १. जम्बो किङडम रेष्टुरेन्ट हङकङ restaurent1   संसारमा सबैभन्दा ठूलो फ्लोटिङ रेष्टुरेन्ट हङकङको जम्बो किङडम रेष्टुरेन्ट रहेको छ । यस रेष्टुरेन्टमा एकै पटक २ हजार ३ सय मानिसहरु खाजा र खाना खान सक्छन् । पानीमाथि रहेको यस रेष्टुरेन्टलाई हङकङको सबैभन्दा आकर्षक स्थानमा रहेको रेष्टुरेन्ट पनि मानिन्छ । यस रेष्टुरेन्टको खास विशेषता भनेको यसमा शपिंग मल र पार्क पनि रहेको छ । यो रेष्टुरेन्टले पछिल्लो ३० वर्षदेखि मानिसहरुलाई स्वादिष्ट भोजनको व्यवस्था गरिरहेको छ । २.सी प्यालेस एम्सटर्डम नेदरल्यान्ड restaurent3 नेदरल्यान्डको ‘सी प्यालेस एम्सटर्डम’ यूरोपको सबैभन्दा पहिलो फ्लोटिङ रेष्टुरेन्ट हो । त्यसो त एम्सटर्डममा धेरै पानीमा रहेका रेष्टुरेन्ट रहेका छन् । तर यस रेष्टुरेन्टको विशेषता नै अर्काे रहेको छ । यस रेष्टुरेन्ट चाइनीज आर्किटेक्चरको एक नायबी नमूनका रुपमा प्रख्यात रहेको छ । ३. बीबीक्यू डोनट रेष्टुरेन्ट जर्मनी restaurent4 फ्लोटिङ रेष्टुरेन्टमा जर्मनीको ‘बीबीक्यू डोनट’ एक विशेष रेष्टुरेन्टको रुपमा परिचित रहेको छ । पानीमा तैरने यस रेष्टुरेन्टको नाम दुई प्रकारको खानाको आइटमबाट लिइएको हो । यस रेष्टुरेन्टमा एक तैरने टेबुल छ जहा ग्राहकहरुलाई भोजन पस्किने गरिन्छ । यहाँ मानिसहरु विदाको समयमा पिकनिकको मजा लिने गर्दछन् । ४.भेली लेक रेष्टुरेन्ट केरला भारत restaurent5 भारतको केरलामा रहेको भेली लेक फ्लोटिङ रेष्टुरेन्ट दुनियाँभर प्रसिद्ध रहेको छ । तिरअनतपुरमबाट ८ किमीको दुरीमा रहेको पानीमा तैरने यस रेष्टुरेन्ट पानीको ताल भित्र बनेको छ । यस रेष्टुरेन्टमा पुग्न पुलको सहारा लिनुपर्ने हुन्छ । यस रेष्टुरेन्टको सबैभन्दा खास विशेषता भनेको यहाँ प्रयोग हुने खानेकुरामा स्थानीय स्तरमा उत्पादित चीजहरुको प्रयोग गरिएको छ । ५.क्याट बा बे रेष्टुरेन्ट भियतनाम restaurent6 भियतनामको फ्लोटिङ रेष्टुरेन्ट ‘क्याट बा बे’ मुख्य रुपमा समुन्द्री खानाको लागि प्रख्यात मानिन्छ । यस रेष्टुरेन्टलाई घर जस्तै बनाइएको छ । पानीमा तैरिएको डुङ्गामा बनेको यस रेष्टुरेन्ट एकदमै शानदार रहेको छ । ६.रुस्टर धाऊ रेष्टुरेन्ट दुबई  restaurent7 संसारको सबैभन्दा ठूलो फ्लोटिङ रेष्टुरेन्टमा दुबईको ‘रुस्टर धाऊ रेष्टुरेन्ट’ पनि रहेको छ । यस रेष्टुरेन्टको विशेषता यो हो की यो एकै स्थानमा स्थिर रहने क्रममा चारै तर्फ घुम्ने गर्दछ । पानीमा तैरने यो रेष्टुरेन्ट काठबाट बनेको छ र सम्पूर्ण रुपमा वातावरण अनुकुल रहेको छ । यस रेष्टुरेन्टमा एक पटकमा ३ सय ९७ मानिसहरुले खाना तथा खाजा खान सक्दछन् । ७.सी रेष्टुरेन्ट बैकंवर restaurent8 फ्लोटिङ रेष्टुरेन्टको सूचीमा बैकंवरको ‘सी रेष्टुरेन्ट’ पनि रहेको छ । यस रेष्टुरेन्टको मुख्य आकर्षण प्लास्टिकबाट बनेको डाइनिग रुम हो । पानीमा तैरिने यस रेष्टुरेन्टको मुख्य पहिचान प्लास्टिकबाट बनेका कारणले पनि चर्चित बनेको छ । यस रेष्टुरेन्टलाई निर्माण गर्न सामाग्रीको रुपमा करिब १ हजार ७ सय प्लास्टिकको बोतल तथा देवदारको काठको प्रयोग गरिएको छ । ८.द मैकबार्ज रेष्टुरेन्ट ब्रिटिश कोलम्बिया restaurent9 संसारको फ्लोटिङ रेष्टुरेन्टको सूचीमा कोेलम्बियाको ‘द मैकबार्ज रेष्टुरेन्ट’ पनि रहेको छ । केही समय अगाडि देखि यस रेष्टुरेन्टको दुष्टिकोण अनुसार यसलाई पर्यटकीय स्थल जस्तो बनाइएको छ । बिस्तारै बिस्तारै यसको किचन चर्चित बनेको छ । जहा मानिसहरुलाई बर्गर र आलु फ्राइ बाडिने गरिन्छ । त्यस्तै यस रेष्टुरेन्टलाई आफ्नो सर्वश्रेष्ठ स्वादको खानाका कारण मानिसहरुले जान्ने गर्दछन् । ९.द म्यूरिनसेल क्याफे अस्ट्रिया  restaurent10 अष्ट्रियाको यस ‘द म्यूरिनसेल क्याफे’ पनि एक प्रख्यात र लोकप्रिय रेष्टुरेन्ट हो । यस रेष्टुरेन्टलाई न्यूयोर्कका एक कलाकार बिटो अकानसीले बनाएका हुन् । यो स्थान ड्रिक, कफी र ककटेलका लागि उपयूक्त स्थान मानिन्छ । १०.नुसा पेंडा आइल्यान्ड फ्लोटिङ रेष्टुरेन्ट इन्डोनेसिया restaurent11 इन्डोनेसियाको एक सानो द्धीपमा रहेको ‘नुसा पेंडा रेष्टुरेन्ट’ एक प्रख्यात तथा सुन्दर रेष्टुरेन्टको रुपमा परिचित रहेको छ । यस रेष्टुरेन्टमा पुग्नका लागि डुङगाको सहारा लिनुपर्ने हुन्छ । यस रेष्टुरेन्टमा सबै सुविधा रहेको छ । यहाँको खाना पनि प्रख्यात रहेको छ ।

bishwoka sabai bhanda thula panima vayeka restaurent restaurent world to 10 restaurent

विशेष