नेपाल टेलिकमको फोरजी सेवा अब ७५ वटै जिल्लामा
कात्तिक–११ । नेपाल टेलिकमले कात्तिक ७ गते हुम्ला जिल्लामा समेत वाईम्याक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गरेपछि ७५ वटै जिल्लामा वाइम्याक्स सेवाको पहुँच पुगेको छ ।
२०६९ चैत्र १४ गते देखि आम उपभोक्तालाई यो सेवा उपलब्ध गराउन थालेको टेलिकमले प्रारम्भमै वाईम्याक्स सेवा कर्णाली अञ्चलबाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालन गरेको थियो । त्यसपछि अन्य दुर्गम तथा विकट जिल्लाहरुमा विस्तार गरेको हो ।
वाईम्याक्स प्रविधिलाई हाल मुलुकमा उपलब्ध इन्टरनेट सेवाहरु मध्ये सबैभन्दा आधुनिक फोरजी प्रविधिको इन्टरनेट सेवा मानिन्छ । उपभोक्ताले यो प्रविधिमार्पmत इन्टरनेट चलाउनका लागि सिपिई (कस्टमर प्रेमिसेस इक्वीपमेन्ट) खरिद गर्नुपर्छ ।
यो उपकरण आउटडोर, इन्डोर र यूएसबि गरी तीन किसिमको छ । आउटडोर डिभाइसले टावरदेखि १५ किलोमिटर, इण्डोरले ५ किलोमिटर र यूएसबिले २ किलोमिटर टाढासम्मको संकेत लिई इन्टरनेट चलाउन सकिन्छ ।
वाइम्याक्स सेवामा समयावधि र महशुल दर अनुसारको डाटा प्याकेज उपलब्ध गराईएकोछ । १ महिनाको ५ जिबि प्याकेजलाई रु.६५०, ३ महिनाको १५ जिबि प्याकेजलाई रु.१,५००, ६ महिनाको ३० जिबि प्याकेजलाई रु.३,३०० मूल्य पर्ने छ । यस्तै एक वर्षको लागि भने ४ विभिन्न प्याकेज रहेको छ । जसमा ६० जिबिलाई रु.५,३००, १२० जिबिलाई रु.८,०००, २०२ जिबिलाई रु. १२,७५०, ३३६ जिबिलाई रु.२०,४०० मूल्य पर्ने छ ।
nepal telicome
wimax