किन गरिन ज्याक्लिनले नेपाली डिजाइनर प्रबलको प्रशंसा

कात्तिक – ११ । नेपाली डिजाइनर प्रबल गुरुङलाई नचिन्ने सायद कमै होलान् । उनले अमेरिकी प्रथम महिला मिसेल ओबामादेखि लिएर हलिउडका कलाकारसम्मको ड्रेस डिजाइन गरिसकेका छन् ।
यता बलिउडमा पनि उनको चर्चा हुन थालेको छ । बलिउडकी चर्चित नायिका ज्याक्लिन फर्नाडेजले उनको खुबै तारिफ गरेकी छन् । साथै ज्याक्लिनले प्रबलसँग खिचेको फोटोसमेत सामाजिक संजाल इन्टाग्राममा पोस्ट गरेकी छन् । ज्याक्लिनले प्रबलले डिजाइन गरेको ड्रेसको पनि खुब प्रशंसा गरेकी छन् । उनले लेखेकी छिन्, ‘म जम्पसुट त्यति धेरै लगाउँदिन तर प्रबललाई धेरै धन्यवाद दिन चाहन्छु ।’
अमेरिकी राष्ट्रपतिको उम्मेद्वारी चलिरहेका बेला उनले डिजाइन गरेको टिसर्टले खुबै चर्चा बटुल्यो । उनले हिलारी क्लिन्टनलाई समर्थन गर्दै उक्त टिर्सटको डिजाइन गरेका थिए ।
jyaklin farnand
Prabal Gurung
