साम्तेन भुटियाद्वारा ‘सुस्केरा’ निर्माणको घोषणा

कात्तिक - ११ । राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक साम्तेन भुटियाले चलचित्र सुस्केरा को निर्माण गर्ने घोषणा गरेका छन् ।
साम्तेनले यसभन्दा अगाडि लेटर, त्यान्द्रो, अनागत जस्ता फिल्म निर्देशन गरिसकेका छन् । निर्देशक भुटियाको फिल्म लेटर रीलिज भईसकेको छ भने त्यान्द्रो र अनागत रिलीजको पर्खाईमा छन् ।
मंसिर १ गतेबाट छायांकानमा जाने फिल्ममा ‘अझै पनि’ फिल्मबाट डेब्यू गरेकी नायिका सुरक्षा पन्त र नव नायक स्वरुप पुरुष ढकालले लीड रोलमा अभिनय गर्ने भएका छन् ।
नेपाली र हिन्दी भाषामा निर्माण हुने फिल्म निर्माण गरिसकेपछि नेपाल र भारतमा एकसाथ रिलीज गर्ने निर्माणपक्षले बताएका छन् । ‘सुस्केरा’ फिल्मलाई मौरी प्रोडक्शनले निर्माण गर्ने भएको छ ।
कार्यक्रममा उपस्थित निर्देशक भुटियाले सुस्केरा फिल्मले प्रेमको भाषा बोल्ने बताए । त्यस्तै फिल्मको लीड नायिका सुरक्षा पन्तले प्रेमलाई कसरि खोजिन्छ भन्ने कथामा सुस्केरा फिल्म बन्न लागेको बताइन् ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय लगाएतले शुभकामना मन्तव्य पनि राखे ।
nepali movie
suskera
